Global College

दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्कासन अनुमति, आशुतोष इनर्जीको १२ लाख कित्ता आउँदै

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले सेयर (आईपीओ) निष्कासन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले कात्तिक २० गते १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति पाएको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले अब निष्कासन प्रक्रिया अगाडि बढाउनेछ।

साथै, धितोपत्र बोर्डले दुई दिनमा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। हिजो कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले १७ लाख कित्ता आईपीओ बिक्रीका लागि अनुमति पाएको थियो।

 

NECO

Leave Your Comment

Related News