प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

काठमाडौं ।  प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ ।  बैठकमा ऊर्जा, जलस्रोत तथा सिँमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्ति व्यवस्थापनमा अघिल्ला वर्षको तुलनामा सुधार आएको दाबी गर्दै विद्युतको माग भने उल्लेख्य रूपमा बढेको बताए । उनले तथ्यांकले यस वर्ष […]

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता सेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूको १ करोड २० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बाँडफाँड गरिएको १ लाख ९३ हजार ७०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको २८ हजार ८५३ कित्ता सेयरको लकइन […]

लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता

काठमाडौं ।  नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकले चितवन इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ४.७५ मेगावाट क्षमताको लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक कर्जा तथा अन्य वित्तीय सुविधा उपलब्ध गराउने भएको हो। आयोजनाको प्रस्तावित क्षमता ६.५१ मेगावाट रहेको छ। […]

विद्युत् बिक्री र सञ्चालन नाफा बढेपछि दिव्यश्वरी हाइड्रोपावर १ करोड ४५ लाख नाफामा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा ६८ लाख  रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा रु. १ करोड ४५ लाख ५५ हजार खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी १६.११ […]

माण्डु हाइड्रोपावरको नाफा ४१५.३२ प्रतिशतले बढ्यो

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा उक्त नाफा ४१५.३२ प्रतिशतले […]

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

काठमाडौं । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’ सुरुआत गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटकआज बिहानदेखि चार्ज (विद्युत् प्रवाह) गरेको हो । आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनदेखि सुरु भई आँपटारी चोक, पोखरा बसपार्क, […]

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको विकास, विस्तार […]

राष्ट्र निर्माणको जग इन्जिनियरको दक्षता, इमानदारी र उत्तरदायित्व हो: मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार विकास र सार्वजनिक सेवाको गुणस्तर दक्ष, इमानदार तथा उत्तरदायी इन्जिनियरहरूको कार्यसम्पादनमा निर्भर रहने बताएका छन्। जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रले आयोजना गरेको नवप्रवेशी युवा इन्जिनियरहरूको तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी सेवामा प्रवेश गर्नु केवल जागिर सुरु गर्नु […]

स्थानीयलाई अंकित मूल्यमै जलविद्युतको सेयर दिन इप्पानको आग्रह

काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई छुट्याइएको साधारण सेयर (आईपीओ) अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ। केही जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले नियामकीय प्रक्रियाका कारण साधारण सेयर निष्कासनमा ढिलाइ भएपछि स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल गरिरहेको विषयमा […]

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ। विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नम्बर ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म […]