उपत्यकामा अध्ययनरत दलित र लोपोन्मुख विद्यार्थीलाई ३०० विद्युतीय चुलो दिइने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यकामा घर भाडामा लिई स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० जना विद्यार्थीहरूलाई विद्युतीय चुलो (इन्डक्सन) वितरण गर्ने भएको छ। एलपी ग्यासको समस्यामा राहत पुर्याउन र स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाउन जारी गरिएको सूचना अनुसार उपत्यकाबाहिरबाट आई अध्ययनरत […]

