काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यसले १२ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव पेश गर्न कम्पनीले कात्तिक १७ गते कुपण्डोल ब्यांकेटमा साधारण सभा बोलाएको छ । सभा १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने, १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश गर्नेछ।
कम्पनीले असोज २३ गते बुक क्लोज गर्ने भएको छ । असोज २२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।



