काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
भारतको धारचुलास्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको शनिबारदेखि सोमबारसम्म सिल्ट सफाइको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले जानकारी दिए ।



