काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिना लामो अन्तरालपछि प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिएको छ । बोर्डले मंगलबार हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिएको हो।
गत वैशाख २ गतेपछि धितोपत्र बोर्डबाट कुनै पनि नयाँ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका थिएनन् । बोर्डमा नेतृत्वको अन्योल लगायतका कारण रोकिएको आईपीओ प्रक्रिया हिम पर्वत हाइड्रोपावरलाई स्वीकृति दिएसँगै पुनः सुचारु भएको छ ।
हिम पर्वत हाइड्रोपावरको कुल जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ (१ करोड ६९ लाख कित्ता) रहेको छ। कम्पनीले आफ्नो जारी पुँजीको ६५ प्रतिशत संस्थापक समूहका लागि र बाँकी ३५ प्रतिशत सेयर सर्वसाधारण समूहका लागि छुट्याएको छ ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।



