Global College

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको खर्च २ अर्ब ३९ करोड, महाकालीको भौतिक प्रगति ९७ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा सिँचाइ आयोजनाहरूको बजेट खर्च र भौतिक प्रगति उत्साहजनक देखिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले पहिलो त्रैमासमा २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ। यसमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको छ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार पहिलो त्रैमासमा महाकाली सिँचाइ आयोजनाले सबैभन्दा राम्रो भौतिक प्रगति गरेको छ। आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गर्दै ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ। यो आयोजनाको त्रैमासिक बजेटभन्दा अढाइ गुणाभन्दा बढी हो।

त्यस्तै, बबई सिँचाइ आयोजनाले त्रैमासिक लक्ष्यको तुलनामा ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेका छन्।

यी चार ठूला आयोजनाले मात्रै पहिलो त्रैमासमा १ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेका छन्। यो विभागको कुल खर्चको ५८ प्रतिशत हो। विभागका अनुसार प्रगन्ना–बड्कापथ सिँचाइ आयोजना (दाङ) ले ८८.२ प्रतिशत प्रगति गरेको छ। गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले भने शतप्रतिशत लक्ष्य पूरा गरेका छन्।

महानिर्देशक रजौरियाले तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्य दुवै अघि बढेको बताए। दोस्रो त्रैमासमा ढिलो सुरु भएका आयोजनालाई पनि तीव्र गतिमा अघि बढाउने विभागको प्राथमिकता रहेको उनले बताए।

 

 

NECO

Leave Your Comment

Related News