कुलमान घिसिङले लोडसेडिङको चिन्ता गर्दै भने-लोडसेडिङ नहुन आजैदेखि आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ

काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हुँदै भदौ १० गते आएको त्रिशूली बाढीपछि त्यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अध्यक्ष घिसिङले बाढीले विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको सङ्कट मात्र होइन, […]

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत को क्षति, हिउँदे विद्युत माग व्यवस्थापनमा जुट्यो सरकार

काठमाडौं ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो । भोटेकोशी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि […]

 कालिका पावर कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  कालिका पावर कम्पनीको ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । गत वर्ष को नाफा बाट ७ प्रतिशत बोनस सेयर दिएको हो ।  उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

विद्युत् प्राधिकरणको हिउँदे कार्ययोजना : आन्तरिक उत्पादनले नधान्ने भएसँगै हजार मेगावाट बढी भारतबाट आयात गर्ने

काठमाडौं । आगामी हिउँद याम पुसदेखि वैशाखसम्ममा देशभित्रको विद्युत् माग र आपूर्तिलाई सन्तुलित बनाउन नेपाल विद्युत् प्राधिकरणले २ हजार ३७२.७७ मेगावाट बराबरको विद्युत् उपलब्ध गराउने गरी हिउँदे कार्ययोजना तयार पारेको छ। हाल प्रणालीमा ३,७३९.४० मेगावाट कुल जडित क्षमता रहेकोमा आगामी मङ्सिर २०८३ सम्म थप ३२०.६० मेगावाट जोडिएर कुल क्षमता ४,०६० मेगावाट पुग्ने अनुमान गरिएको छ। […]

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई तालिम

काठमाडौं । नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, […]

अविरल वर्षा र बाढीपहिरोले देशभर २७ जनाको मृत्यु,१४७ स्थानमा सडक क्षतिग्रस्त

काठमाडौं । अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको छ। असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाउनुभएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन छन्। यस अवधिमा भएका ५१३ वटा मनसुनका […]

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

काठमाडौं । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन्। बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। नदीमा […]

अविरल वर्षा र बाढीपहिरोले विद्युत् संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने नदी तथा खोलामा आएको बाढीका कारण विभिन्न जलविद्युत केन्द्रको उत्पादनसमेत प्रभावित भएको छ। कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ […]

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौं ।  निरन्तर वर्षाका कारण मनाङका विभिन्न स्थानमा पहिरो जाँदा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ । पहिरोका कारण ३३ केभी विद्युत् प्रसारण लाइनमा अवरोध भएपछि जिल्लाका केही क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ […]

ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने

काठमाडौं ।  एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् । भेटमा भोटेकोशीको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकन, जलवायुमैत्री विद्युत पूर्वाधार निर्माणमा सहकार्य र सहयोग गर्ने विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले मन्त्रालयले बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठन […]