नेतान्याहूको यूएईमा गोप्य भ्रमण, राष्ट्रपतिसँग इरानबारे छलफल

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको रिपोर्ट सार्वजनिक भएको छ। सीएनएनले भ्रमणबारे जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै नेतान्याहूले अबुधाबी पुगेर यूएईका राष्ट्रपतिसँग भेट गरेको जनाएको हो। स्रोतका अनुसार दुई नेताबीचको छलफलमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चिन्ता […]

हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनःखोल्ने इरानको प्रस्ताव अस्वीकार गरेको संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले बताउका छन् । इरानले आणविक कार्यक्रमबारे वार्ता अघि बढाउनुअघि प्रतिबन्ध हटाउन र अर्बौं डलर बराबरको रोक्का सम्पत्तिमा पहुँच दिनुपर्ने माग राखेकाले प्रस्ताव स्वीकार नगरिएको उनले बताए । सीएनएनको ‘स्टेट अफ द युनियन’ र एनबीसीको ‘मिट द […]

स्टारशिप रकेटलाई पृथ्वीको कक्षामा पुर्‍याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान

काठमाडौं ।  स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटलाई पहिलोपटक पृथ्वीको कक्षामा पुर्‍याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान गर्दैछ । चन्द्रमा र मङ्गल ग्रहका भविष्यका अभियानका लागि विकास भइरहेको स्टारशिपलाई कक्षामा पुर्‍याउन सकिएमा यसको विकासमा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ । करिब १० घण्टा चल्ने अपेक्षा गरिएको परीक्षणमा स्टारशिपको माथिल्लो चरणलाई पृथ्वीको कक्षामा पुर्‍याएर २६ वटा […]

चीनको औद्योगिक क्षेत्रमा नाफा १५.७ प्रतिशत बढ्यो, आठ महिनामा ५.२७ ट्रिलियन युआन

काठमाडौं । चीनका तोकिएको आकारभन्दा ठूला औद्योगिक प्रतिष्ठानको नाफा सन् २०२६ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.७ प्रतिशतले बढेको छ। चीनको राष्ट्रिय तथ्यांक ब्युरेले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अगस्टसम्म ठूला औद्योगिक प्रतिष्ठानले कुल ५.२७ ट्रिलियन युआन नाफा कमाएका छन्। यो रकम करिब ७४० अर्ब अमेरिकी डलर बराबर हो। वार्षिक मुख्य […]

जापानको कुमामोतोमा भूकम्पपछि ७१ हजारभन्दा बढी घरमा क्षति

काठमाडौं । दक्षिणपश्चिमी जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । ७.१ म्याग्निच्युडको उक्त भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमा जापानको शुन्य देखि ७ सम्मको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ तीव्रता रेकर्ड गरेको थियो । भूकम्पमा ३८ जनाको […]

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभमा रहेका डेटा सेन्टरलाई लक्षित गरी गरेको आक्रमणबाट युक्रेनको करिब २५ प्रतिशत इन्टरनेट पूर्वाधार नष्ट भएको दाबी गरेको छ। रुसी सुरक्षा निकायका एक स्रोतलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले शनिबार जनाएअनुसार, पछिल्लो आक्रमणले युक्रेनको डिजिटल तथा सञ्चार सेवामा उल्लेख्य असर पारेको छ। रुसी पक्षले डेटा सेन्टरमा भएको क्षतिका कारण […]

नेपाल र बेलारुसबिच कूटनीतिक तथा सरकारी पासपोर्ट वाहकलाई भिसा छुट सम्झौता

काठमाडौं । नेपाल सरकार र बेलारुस गणतन्त्रको सरकारबिच कूटनीतिक, सरकारी तथा सेवा पासपोर्ट वाहकहरूका लागि भिसा छुट दिनेसम्बन्धी ऐतिहासिक द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको अवसरमा आयोजित एक समारोहका बिच बेलारुसका वैदेशिक मामिला मन्त्री महामहिम म्याक्सिम रिजेनकोभ र नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले आ-आफ्नो सरकारको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। […]

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणका क्रममा बिहीबार ह्वाइट हाउसमा राजकीय रात्रिभोज आयोजना गरेका छन्। रात्रिभोजमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व, अर्बपति तथा व्यापारिक नेताहरू सहभागी थिए । रात्रिभोजमा ट्रम्पले अमेरिका र चीन फरक राजनीतिक प्रणालीका भए पनि दुई देशका जनताबीचको सम्बन्ध कायम रहेको बताउँदै आगामी पुस्ताका लागि समृद्धि र […]

हर्मुज खोल्न ८० देशको आह्वान

काठमाडौं । बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा बढ्दो तनावबीच रणनीतिक हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा त्यहाँबाट जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न आह्वान गरेका छन् । बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहभागी देशहरूको तर्फबाट उक्त […]

प्रमुख निर्वाचन आयुक्तले शनिबारसम्म राजीनामा नदिए अक्टोबर २ देखि भारतमा ‘ककरोच’ अभियानको देशव्यापी प्रदर्शन हुने

काठमाडौं । भारतको ‘ककरोच’ युवा अभियानले देशका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले शनिबारसम्म राजीनामा नदिए अक्टोबर २ देखि देशव्यापी विरोध प्रदर्शन सुरु गर्ने घोषणा गरेको छ, संस्थापक अभिजीत दिपकेले शुक्रबार बताएका छन्। विपक्षी समूहहरू र आफैंले नामकरण गरेको ‘ककरोच जनता पार्टी’  ले ज्ञानेश कुमारको राजीनामा मागेका हुन्। उनका उपायुक्तहरूले मतदाता नामावलीमा गरिएका परिवर्तनहरूबारे उनीमाथि प्रश्न […]