न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

काठमाडौं । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल  भने तात्दै छ । उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसङ्घका प्रवक्ताले यस […]

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं ।  एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)सँग साझेदारीको घोषणा गरेको छ। यसको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमबिच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले यस सहकार्यका सम्बन्धमा एक समझदारी […]

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

काठमाडौं । भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्मको भुटान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका थिए। […]

टिकटकका संस्थापक झाङ यिमिङ एसियाको सबैभन्दा धनाढ्य व्यक्ति, सम्पत्ति पुग्यो १०५ अर्ब डलर

काठमाडौं । शर्ट भिडियो प्लेटफर्म टिकटकको मातृ कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ  एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो तथ्याङ्क अनुसार ४३ वर्षीय झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पार्दै यो सफलता हासिल गरेका हुन्। झाङ चिनियाँ सफ्टवेयर इन्जिनियर तथा प्रविधि उद्यमी हुन्, जसले सन् २०१२ मा बेइजिङको एक सानो फ्ल्याटबाट बाइटडान्सको […]

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि कडाइ गर्ने तयारी गरेको छ। ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार स्ट्रासबर्गमा ‘स्टेट अफ द युरोपियन युनियन’सम्बन्धी वार्षिक सम्बोधनका क्रममा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल, अनलाइन गेम र च्याटबोट प्रयोगमा रोक लगाउने […]

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं ।  रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच रसुवामा बाढीपछिको एकीकृत पुनर्निर्माण तथा पूर्वाधार विकासका […]

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता एनओएसलाई पीडितहरू ५७ र ५८ वर्षका दुई पुरुष र एक २३ वर्षीया महिला रहेको बताएको छ । विमानले पश्चिम–मध्य नेदरल्याण्ड्सको हिलभर्समको सानो एयरफिल्डबाट स्थानीय समय अनुसार विहान लगभग […]

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

काठमाडौं । इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताएका छन् । कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को फेब्रुअरी २८ देखि जुन ३० सम्मको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने २२ अर्ब ३० करोड डलर खर्च […]

भारतसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन रूपमा हेर्ने चिनियाँ राष्ट्रपति शीको प्रतिबद्धता

काठमाडौं । ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङले चीन र भारतबीचको सम्बन्धलाई रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। द्विपक्षीय भेटवार्ताका क्रममा राष्ट्रपति शीले दुई देशको फरक-फरक राष्ट्रिय यथार्थ भए पनि एक-अर्काको शक्ति र सामर्थ्यबाट पाठ सिक्दै, आपसी सहयोग र साझेदारीमार्फत सँगै विकासको मार्गमा अघि बढ्नुपर्ने बताए। सम्बोधनका क्रममा राष्ट्रपति शीले वर्तमान […]

युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्। भारत, रुस र इरानका नेताहरूसहितको सम्मेलनमा युद्ध, व्यापार र ऊर्जा सुरक्षाका विषयले विभाजित ब्रिक्स समूहको ध्यान तान्ने अपेक्षा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी शनिबार १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका थिए। चिनियाँ सरकारी […]