फ्रान्सका विभिन्न भागमा अझ बढी कर्फ्यु लगाइने, स्थिति सामान्य बनाउने प्रयास जारी

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका आवश्यक भागहरूमा नयाँ कर्फ्यु लगाइने बताएका छन्। जीवनयापनको लागत र शिक्षा प्रणालीका मुद्दालाई लिएर साताको अन्त्यमा भएका प्रदर्शनहरू दंगामा परिणत भएका थिए। अधिकारीहरूले देशमा शान्ति सुरक्षा कायम गर्ने प्रयास गरिरहेका छन्। मंगलबार एक्समा एउटा पोस्ट गर्दै लेकोर्नुले स्थानीय अधिकारीहरूले आ-आफ्नो प्रिफेक्चरमा कर्फ्यु लगाउने वा नलगाउने निर्णय गर्न मेयरहरूसँग […]

ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यागमन नीतिलाई जिम्मेवार ठहराएका छन्। ट्रम्प लामो समयदेखि अध्यागमनमा कडाइ गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन्। ट्रम्पले करिब ८ वर्षअघि नै आफूले म्याक्रोंलाई अन्य देशबाट आउने मानिसहरूलाई ठूलो सङ्ख्यामा फ्रान्समा प्रवेश दिनु […]

मङ्गल ग्रहको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु

काठमाडौं । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट […]

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न तयार रहेको बताएका छन्। उनले सम्भावित बैठकमा आणविक निशस्त्रीकरणसँगै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने सङ्केत गरेका छन्। ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको आलोचना गर्दै ‘युक्रेनका तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने समय आएको छ’ भन्दै […]

फ्रान्समा दंगा फैलिएपछि मध्य पेरिस र अन्य शहरमा पनि कफ्र्यू

काठमाडौं । फ्रान्समा एक हप्तादेखि चलिरहेको प्रदर्शन, हिंसा र लुटपाटका घटनापछि सरकारले राजधानी पेरिससहित विभिन्न शहरका केही क्षेत्रमा रातिको समयमा कफ्र्यू लगाएको छ । पेरिस प्रहरीले स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्लेस डे ला रिपब्लिक र लेस हलेस क्षेत्र आसपास कफ्र्यू लागू गरेको बीबीसीले जनाएको छ । राजधानीका अन्य केही क्षेत्रमा अनधिकृत […]

फ्रान्समा हिंसात्मक प्रदर्शनपछि गृहमन्त्रीले दिए राजीनामा, म्याक्रोंले गरे अस्वीकार

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले देशव्यापी हिंसात्मक प्रदर्शनपछि गृहमन्त्री लरेन्ट नुनेजले दिएको राजीनामा प्रस्ताव अस्वीकार गरेका छन्। विद्यार्थीले शिक्षा प्रणालीको अवस्थाविरुद्ध र सर्वसाधारणले बढ्दो महँगी तथा कमजोर सार्वजनिक सेवाको विरोधमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्रीले राजीनामा दिन खोजेका थिए। एलिसी राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोंले प्रहरी तथा सुरक्षा निकायमा आदेश र नियन्त्रणको शृङ्खला कायम राख्न […]

क्यानडाको सैन्य तालिम केन्द्रमा आगलागी : चार सैनिकको मृत्यु, ३९ जना घाइते

काठमाडौं । क्यानडाको अलबर्टा प्रान्तस्थित सैन्य शिविरमा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने दर्जानौँ घाइते भएका छन्। ओटावाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मार्क कार्नीले यो घटनालाई शान्तिकालमा क्यानेडियन सेनाले भोगेका ठूला त्रासदीमध्ये एक भएको बताएका छन्। स्थानीय समय अनुसार शनिबार अपरान्ह क्यानेडियन फोर्सेज बेस वेनराइट सैन्य तालिम केन्द्रमा आगलागी सुरु […]

फ्रान्समा विरोध प्रदर्शनपछि अनियन्त्रित हिंसा

काठमाडौं । फ्रान्समा महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति र सुव्यवस्था कायम गर्न आग्रह गरेका छन्। एलीस प्यालेसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रदर्शनमा सहभागीहरूलाई स्थिति थप नबिर्गार्न चेतावनी दिएका हुन्। उनले भने, ‘हामी सबैले आक्रोश र लज्जा बोध गरेका छौँ।’ इन्धनको मूल्यवृद्धि, जीवनयापनको उच्च लागत र विद्यालय लगायतका […]

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

काठमाडौं । ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने योजना अझै छलफलका क्रममा रहेको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन् । इराकको राजधानी बग्दादमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को विदेशमन्त्री परिषद्को ५२औँ सत्रका क्रममा आइतबार इरानको सरकारी समाचार संस्था इर्नासँगको अन्तर्वार्तामा उनले उक्त जानकारी दिए । अराघचीका अनुसार, शत्रुतापूर्ण गतिविधि अन्त्य […]

फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा १२०० पक्राउ, १५० प्रहरी घाइते

काठमाडौं । फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्। फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, […]