Global College

साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु र तीन घाइते भएको घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको दुःखद निधन भएको तथा अन्य तीन जना नेपाली घाइते भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। विज्ञप्तिअनुसार आक्रमणमा घाइते भएका तीन जना नेपालीमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको हाल अस्पतालमा उपचार भइरहेको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारहरूलाई निशाना बनाउन नहुने स्पष्ट पार्दै नेपालले यस्ता आक्रमणको विरोध गरेको छ। साथै, मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र जुनसुकै विवाद तथा द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ।

NECO

Leave Your Comment

Related News