होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी

काठमाडौं ।  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसेनाले शनिबार आफ्नो आधिकारिक समाचार माध्यम सेपाह न्युजमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा उक्त जहाजले कच्चा तेल बोकेको र आफ्नो नेभिगेसन तथा जीपीएस प्रणाली बन्द गरेर यात्रा गरिरहेको […]

दिल्लीमा पक्राउ परेका सीजेपीका तीन नेता रिहा गरिए

काठमाडौं । मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारको राजीनामाको माग गर्दै दिल्लीमा आयोजित प्रदर्शनमा सहभागी हुन गएका कक्रोच जनता पार्टी (सीजेपी) का तीन जना नेता रिहा भएका छन्। कार्यकारी मजिस्ट्रेटको अदालतको आदेशपछि आइतबार अभिजीत दिपके, सौरभ दास र आशुतोष राङ्का रिहा भएका हुन्। सीजेपीका कानुनी मामिला प्रमुख रतन सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत ती तीनै जना रिहा […]

रियाद विमानस्थलमा आक्रमण : १२ जनाको मृत्यु, ३०९ जना घाइते

काठमाडौं । साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार शनिबार अबेर राति किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हमला गरिएको हो। जसमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। आक्रमणमा ४ साउदी नागरिक, २ बंगलादेशी, १ अमेरिकी, १ इजिप्टेली, […]

ट्रम्पद्वारा युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव, डिजेलको मूल्य बढ्नुमा जेलेन्स्कीलाई दोष

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका छन्। उनले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेलेन्स्कीलाई दोष दिएका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार जेलेन्स्कीसँग […]

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

काठमाडौं । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ । राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिएका थिए । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको […]

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ । आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक […]

एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने

काठमाडौं । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ। डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र […]

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा हुने विशेष प्रकारको रासायनिक प्रक्रिया र स्वतः उत्प्रेरणासम्बन्धी खोजका लागि सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार स्टकहोममा यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो। यस वर्ष नोबेल पुरस्कारको रकम एक करोड २० […]

गल्फ मुलुकको तातो हावाको कारण अमेरिकामा आँधीको खतरा, ट्रपिकल डिप्रेसन ‘नाइन’ शक्तिशाली बन्ने पूर्वानुमान

काठमाडौं । शक्तिशाली बन्दै गएको ट्रपिकल डिप्रेसन ‘नाइन’ यसै साता अमेरिकाको दक्षिणी क्षेत्रमा भारी वर्षा र तीव्र हावासहित प्रभाव पार्ने गरी ‘हरिकेन इसायस’ मा विकसित हुने पूर्वानुमान गरिएको छ। मंगलबार साँझसम्म ट्रपिकल डिप्रेसन ‘नाइन’को निरन्तर हावाको गति ३५ माइल प्रतिघण्टा रहेको थियो। यो प्रणाली मिसिसिपी नदीको मुखबाट करिब ६०० माइल दक्षिणमा रहेको थियो। यो प्रणाली […]

 फ्रान्समा विद्यार्थी आन्दोलनले उजागर गर्‍यो ऋण सङ्कट, युरोपका अन्य देशमा पनि फैलिन सक्ने जोखिम

काठमाडौं ।  फ्रान्समा विद्यार्थीहरूको अभूतपूर्व आन्दोलनले देशमा बढ्दो वित्तीय दबाबलाई उजागर गरेको छ। युरोपको दोस्रो ठूलो अर्थतन्त्र रहेको फ्रान्सले तीव्र रूपमा बढिरहेको बजेट घाटा नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला आर्थिक चुनौती थप जटिल बन्ने देखिएको छ। फ्रान्सको सार्वजनिक वित्तीय अवस्था निकै नाजुक बनेको छ। देशको तथ्याङ्क निकायका अनुसार, गत जुनसम्म फ्रान्सको सार्वजनिक ऋण ४ ट्रिलियन […]