दक्षिण कोरियाको अन्तरिक्ष अभियानमा ठूलो सफलता

काठमाडौं । दक्षिण कोरियाले निर्माण गरेको स्वदेशी अन्तरिक्ष रकेट ‘नुरी’ ले बुधबार सफलतापूर्वक उडान भर्दै १५ वटा उपग्रहलाई निर्धारित अन्तरिक्ष कक्षमा पुर्‍याएको छ । यो सफलता दक्षिण कोरियाको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नुरीको विकासक्रममा यसलाई अहिलेसम्मकै सबैभन्दा जटिल र चुनौतीपूर्ण अभियान मानिएको छ। तीन चरणमा विभाजित तरल इन्धनबाट चल्ने नुरी […]

भारतीय रिजर्भ बैंकले गर्‍यो रेपो दर वृद्धि

काठमाडौं । बढ्दो मुद्रास्फीति जोखिम, विश्वव्यापी आर्थिक अवस्था र घरेलु अर्थतन्त्रको बलियो वृद्धिबीच भारतीय रिजर्भ बैंक (आरबीआई) ले बुधबार नीतिगत रेपो दर २५ आधार अङ्कले बढाएर ५.५० प्रतिशत पुर्‍याएको छ । आरबीआईका गभर्नर सञ्जय मल्होत्राले बृहत् आर्थिक तथा वित्तीय अवस्था र आगामी दृष्टिकोणको मूल्याङ्कनपछि मौद्रिक नीति समितिले (एमपीसी) रेपो दर बढाउने निर्णय सर्वसम्मतिले गरेको बताए […]

अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा द्विपक्षीय भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबिच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा वाग्ले र अध्यक्ष बाङ्गाबिच अमेरिकाको वासिङ्टनडिसीमा भेटवार्ता भएको हो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक […]

व्यापार तनाव घटाउन इयु–चीन वार्ता

काठमाडौं । बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबिच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन्। इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ। सन् २०२५ मा चीनसँग इयुको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो। चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, […]

पुटिनको चेतावनी : कालिनिनग्राडको सुरक्षाका लागि रुस आणविक हतियार प्रयोग गर्न तयार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसको अलग भूभाग कालिनिनग्राडमाथि प्रत्यक्ष आक्रमण भएको ठानेमा रुसले आफ्नो नियन्त्रणमा रहेका सबै हतियार प्रयोग गर्ने बताएका छन्। राष्ट्रपति पुटिनले भने, ‘रुसले कसैलाई धम्की दिएको छैन।’ पश्चिमी नेताहरूले रुसले सन् २०२९ वा २०३० मा युद्धको तयारी गरिरहेको बताउँदै आएका कारण त्यसको प्रतिक्रिया मात्र दिएको उनको भनाइ […]

अमेरिकाको चेतावनीपछि  जी–७ ले १० करोड ब्यारेल तेल र डिजेल बजारमा पठाउने

काठमाडौं । जी–७ समूहले आपूर्ति अभावका कारण बढेको तेल तथा डिजेलको मूल्य नियन्त्रण गर्न १० करोड ब्यारेल तेल र डिजेलको सञ्चित भण्डार बजारमा पठाउने घोषणा गरेको छ। जी–७ नेताहरूले जारी गरेको संयुक्त वक्तव्यअनुसार पहिलो २० दिनभित्र डिजेलको ठूलो परिमाण बजारमा पठाइनेछ। आवश्यक परे थप डिजेलसमेत बजारमा पठाउने विषयमा छलफल भइरहेको छ। अमेरिका, बेलायत, क्यानडा, जापान, […]

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

काठमाडौं । भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ । अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र […]

नोबेल शान्ति पुरस्कारकाे दाबेदारमा अन्तरिक्ष स्टेसनदेखि ट्रम्पसम्म

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम चर्चामा आएको छ । यस वर्ष पुरस्कारका लागि २८७ जना उम्मेदवार मनोनयनमा परेका छन् । नर्वेजियन नोबेल समितिले अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ । शान्ति अनुसन्धान […]

इराकबाट अमेरिकी सेना फिर्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका छन्। उनले अमेरिकी सेना फिर्तीलाई संयुक्त राज्य अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गरेका छन्। ट्रम्पले बिहीबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका हुन्। उनका […]

युद्धको असरले इरानी मुद्रा रियाल कमजोर बन्दै

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा फेरि कमजोर भएको छ । मंगलबार तेहरानमा एक अमेरिकी डलरका लागि २५ लाखभन्दा बढी रियालमा कारोबार भएको थियो । यो रियालको अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्था हो । यसअघि सेप्टेम्बर २ मा एक अमेरिकी डलर बराबर २२ लाख रियाल पुगेको थियो । त्यसको २७ […]