मध्यपूर्व युद्धबीच ‘ओपेक प्लस’को महत्वपूर्ण बैठक, उत्पादन कोटा वृद्धि सम्भावना

भियना । संयुक्त अरब इमिरेट्सले ‘ओपेक प्लस’ समूहबाट बाहिरिने निर्णय गरेपछि पहिलो पटक उक्त समूहका सात सदस्य देशहरू आइतबार तेल उत्पादन कोटासम्बन्धी निर्णय गर्न बैठकमा बसेका छन् । मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्तिमा पहिले नै दबाब बढिरहेको अवस्थामा यो बैठकलाई निकै महत्वपूर्ण मानिएको छ, किनकि यसले विश्व बजारमा तेलको मूल्यमा थप प्रभाव पार्न सक्छ […]

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले तयार गरिएको नयाँ प्रस्तावबारे एशिया र युरोपका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग जानकारी आदानप्रदान गरेका छन् । शुक्रबार र शनिबार भएका छुट्टाछुट्टै टेलिफोन वार्ताहरूमा उनले टर्कीए, कतार, साउदी अरेबिया, इजिप्ट, इराक, अजरबैजान, रुस, दक्षिण कोरिया, जापान, फ्रान्स, इटाली लगायत देशहरूका अधिकारीहरूसँग क्षेत्रीय […]

ट्रम्पले इरानद्वारा प्रस्तुत गरिएको १४ बुँदे शान्ति प्रस्तावको समीक्षा गर्ने

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत गरिएको १४ बुँदे शान्ति प्रस्तावको समीक्षा गर्ने बताएका छन् । तर उनले यस प्रस्तावबाट सहमति निस्कने सम्भावना कम रहेको संकेत दिएका छन् । इरानले पेश गरेको प्रस्तावमा ३० दिनभित्र युद्ध पूर्ण रुपमा अन्त्य गर्ने, भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिने, अमेरिकी सेना क्षेत्रबाट फिर्ता गर्ने, आर्थिक […]

ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित

वासिङ्टन।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ । विभिन्न अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार बेइजिङ भ्रमणलाई प्राथमिकतामा राख्दै ह्वाइट हाउसले इरानसम्बन्धी निर्णयहरूमा सावधानीपूर्वक सन्तुलन खोजिरहेको छ । एनबिसीको रिपोर्टअनुसार ह्वाइट हाउसका एक अज्ञात अधिकारीले राष्ट्रपति ट्रम्पले इरानसँग सम्बन्धित विकल्पहरू मूल्याङ्कन गर्दा चीन भ्रमणलाई महत्त्वपूर्ण […]

इजरायलले यूएईमा लेजर हतियार प्रणाली तैनाथ गरेको दाबी, युद्ध तयारी तीव्र

काठमाडौं । इजरायलले हालै इरानसँगको सम्भावित तनाव पुनः चर्किन सक्ने आशंकाबीच संयुक्त अरब इमिरेट्स (यूएई) मा अत्याधुनिक लेजर हतियार प्रणाली तैनाथ गरेको रिपोर्ट सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले ‘आइरन बीम’ नामक उच्च-ऊर्जा लेजर आधारित हवाई रक्षा प्रणाली यूएईमा पठाएको हो । यस प्रणालीले ड्रोन र मिसाइलहरूलाई आकाशमै नष्ट गर्न सक्ने क्षमता राख्छ । साथै, […]

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्वि : डब्ल्यूएचओ

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरु माथिको आक्रमण बढिरहेको बताएको छ । अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर […]

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका। बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ । राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता संयुक्त राज्य […]

ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने

इरान । इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केतसँगै विश्व तेल बजारमा तीव्र उथलपुथल देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको दबाब रणनीतिलाई अझै कडा बनाउने बताउँदै नाकाबन्दीलाई बम आक्रमणभन्दा प्रभावकारी ठहर गर्नुभएको छ, जसले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । इरान र अमेरिकाबीच कूटनीतिक प्रयास ठप्प अवस्थामा पुगेपछि तनाव थप […]

इतिहासकै कमजोर बन्यो इरानको मुद्रा, प्रतिबन्ध र युद्धको दोहोरो मार

काठमाडौं । अमेरिकी नाकाबन्दी र प्रतिबन्धको चापबीच इरानको राष्ट्रिय मुद्रा रियाल ऐतिहासिक न्यूनतम स्तरमा पुगेको छ । बुधबार खुला बजारमा एक अमेरिकी डलर बराबर १८.१ लाख रियालसम्म पुगेको मुद्रा पछि केही सुधार हुँदै करिब १५.४ लाखमा झरेको  अल ज जिराले जनाएको छ । एक वर्षअघि भने यही दर करिब ८ लाख ११ हजार  रियाल रहेको थियो, […]

मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड चार हजारलाई पक्राउ : राष्ट्रसङ्घ

काठमाडौं । इरानले मध्यपूर्व युद्ध सुरु भए देखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भए देखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ । यसै गरी थप १० जनालाई […]