स्पेनमा उच्चगति रेल दुर्घटना, २१ जनाको मृत्यु

अदामुज (स्पेन), ५ माघ । दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले उद्धार कार्य सम्पन्न भइसकेको र मृतक सङ्ख्या मध्यरातपछि २१ पुगेको जानकारी दिएका छन् । यद्यपि अझै पुष्टि […]

इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ : ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको लामो शासनको कडा आलोचना गर्दै इस्लामिक गणतन्त्रमा ‘नयाँ नेतृत्व खोज्ने समय आएको’ टिप्पणी गरेका छन् । इरानमा बढ्दो मुद्रास्फीति, गहिरिँदो आर्थिक सङ्कट र शासनप्रति जनआक्रोश तीव्र बन्दै जाँदा सरकारविरोधी प्रदर्शनहरू फैलिरहेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । पोलिटिकोसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले […]

विश्व व्यापारमा नयाँ शक्ति सन्तुलन, इयु-मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असन्सियन (पाराग्वे)। युरोपेली सङ्घ (इयु) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले शनिबार औपचारिक रूपमा बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर बढ्दो संरक्षणवाद र व्यापारिक तनावको पृष्ठभूमिमा सम्पन्न यो सम्झौतालाई दुवै पक्षले आर्थिक तथा भूराजनीतिक रूपमा ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् । पाराग्वेको राजधानी असुन्सिओनमा सम्पन्न हस्ताक्षर समारोहले एक चौथाइ शताब्दीभन्दा लामो, जटिल र […]

सिरियामा अमेरिकी कार्रवाईमा अल–कायदा नेता मारिए, आतङ्कवाद प्रतिकारमा कदम

वासिङटन । अमेरिकाले सिरियामा गरेको तेस्रो प्रतिकारात्मक हवाई हमलामा अल–कायदा सम्बन्धित नेता बिलाल हसन अल–जासिम मारिएका छन् । अधिकारीहरूले उनी गत महिनामा अमेरिकी सैनिक र एक नागरिकको हत्या गर्ने इस्लामिक स्टेट सदस्यसँग प्रत्यक्ष सम्बन्धित रहेको बताएका छन् । सेन्ट्रल कमान्डका कमाण्डर एडमिरल ब्र्याड कुपरले भने, “अमेरिकी नागरिक र सैनिकमाथि आक्रमण गर्नेहरूका लागि कुनै सुरक्षित स्थान […]

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए । प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा […]

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गराएका छन्। महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हलमा यस्तो चेतावनी दिएका हुन्। महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए। न्यूयोर्कमा […]

चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत

बेइजिङ। विश्वव्यापी स्तरमा देखा परिरहेका नयाँ चुनौतीहरूको पृष्ठभूमिमा चीन र क्यानाडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता शुक्रबार व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन भ्रमणमा रहेका क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै सम्बन्ध सुधारका लागि आफू सकारात्मक र इच्छुक रहेको बताए । उनले दक्षिण […]

मलेसियाको अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि, सेवा र निर्माण क्षेत्रमा तेजी

क्वालालम्पुर। मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो। मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार यो दर सन् २०२४ को दोस्रो त्रैमासिकपछि सबैभन्दा उच्च हो। सन् २०२५ को पूरै वर्षको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ, जुन सन् २०२४ […]

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल। अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पु¥याइरहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पु¥याउन असफल भएको छ । देशमा सन् २०२१ देखि तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै आएको छ । सन् २०२४ सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग […]

युनलाई पाँच वर्ष कैद

सियोल । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा […]