भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

नयाँ दिल्ली। भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । […]

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत

वासिङ्टन। मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा नखुले पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ । राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीहरूसँगको छलफलमा आगामी ४ देखि ६ हप्ताभित्र इरानविरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाएको बताइएको छ, यद्यपि होर्मुज […]

मध्यपूर्व तनाव चर्किंदै

पेरिस। मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ । दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा उल्लेख […]

इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार जी–७

टोकियो । सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ । वर्तामान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण उर्जाको मुल्य आकासिएको छ । अर्थ मन्त्रीहरू, […]

दुबई नजिक विशाल तेल ट्यांकरमा इरानको ड्रोन आक्रमण, थप तनाव चुलिँदै गर्दा विश्व ऊर्जा आपूर्तिमा खतरा

काठमाडौं । हाल मध्यपूर्व क्षेत्रमा इजरायल र इरानबीचको युद्ध झन् चर्किँदै गएको छ । करिब एक महिनादेखि जारी यो द्वन्द्व अब केवल सैन्य संघर्षमा सीमित नरही आर्थिक र राजनीतिक रूपमा पनि गहिरो प्रभाव पार्न थालेको छ । पछिल्लो घटनाक्रमले यो युद्ध अझ व्यापक र जटिल बन्दै गएको संकेत गर्दछ । हालै इरानले दुबई नजिक एउटा […]

इटालीबाट पोल्याण्ड लैजाँदै गरिएको १२ टन किटक्याट चोरी

काठमाडौं । युरोपमा हालै एउटा अनौठो र ठूलो चोरीको घटना सार्वजनिक भएको छ, जहाँ ४ लाख भन्दा बढी किटक्याट चकलेटहरू गायब भएका छन्। इटालीको एक उत्पादन प्लान्टबाट पोल्याण्डतर्फ लैजाँदै गरिएको  करिब १२ टन तौल बराबरका ४,१३,७९३ थान चकलेट चोरी भएको यसको उत्पादक कम्पनी नेस्लेले पुष्टि गरेको छ। यद्यपि, यो ठूलो चोरी भए तापनि बजारमा किटक्याटको […]

मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर

कायरो। यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल माथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ र विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ । हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थलहरू’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ । यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ […]

चीनमा गम्भीर मौसम चेतावनी जारी

काठमाडौं । चीनको मौसम विज्ञान विभागले सोमबार भारी वर्षा, चुनौतीपूर्ण मौसम र बाक्लो कुहिरोको चेतावनी जारी गर्दै आँधी बेहरीले देशको दक्षिणी क्षेत्रहरूमा असर गरिरहेको जनाएको छ । मौसम पूर्वानुमानका अनुसार सोमबार देखि मङ्गलबार सम्म, चीनका केही भागहरू, याङ्जी नदीको दक्षिणका क्षेत्रहरूमा असिनापानी सहित गम्भीर मौसमीको प्रकोपको संभावना रहेको छ । विशेष गरी चीनको हुनान, जियाङ्सी, […]

इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो

काठमाडौं । इरानले साउदी अरबको प्रिन्स सुल्तान विमान बेसमाथि मिसाइल र ड्रोन हमला गर्दा कम्तीमा १५ अमेरिकी सैनिक घाइते भएका छन् । यस आक्रमणमा पाँच जना गम्भीर अवस्थामा छन् । यसअघि, यो क्षेत्रमा अमेरिकी सैनिकको संख्या ३०० भन्दा बढी घाइते भएका थिए । इरानले छ वटा बैलिस्टिक मिसाइल र २९ वटा ड्रोन प्रहार गरेको थियो […]

तेहरानमा आक्रमण, सम्झौता अझै अनिश्चित

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिएकै भोलिपल्ट इजरायलले तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र पारेको जनाएको छ । यो आक्रमणले कूटनीतिक सम्भावनाभन्दा युद्ध अझै गहिरिँदै गएको स्पष्ट सङ्केत दिएको छ । स्थलगत कारबाहीसमेत अस्वीकार नगरिएको अवस्थामा द्वन्द्वले नयाँ मोड लिने चिन्ता बढेको छ । सप्ताहन्तमा इरानका ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि […]