जापानमा ब्याजदर बढ्ने संकेत, सन् २०२७ सम्म २ प्रतिशत पुग्न सक्ने

काठमाडौं । जापानको अर्थतन्त्र अहिले ऐतिहासिक मोडमा पुगेको छ । करिब तीन दशकसम्म अत्यन्त कम ब्याजदर, कमजोर मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँग संघर्ष गरेको जापान अब विस्तारै नयाँ आर्थिक चरणतर्फ अघि बढिरहेको देखिएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार जापानको केन्द्रीय बैंक “बैंक अफ जापान” ले हालको ०.७५ प्रतिशत […]

बेइजिङ वार्तामा चीनले उठायो ताइवानको मुद्दा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उच्चस्तरीय वार्ता भएको छ । व्यापार, प्रविधि, ताइवान, लगानी तथा इरान संकटलगायत विषयमा केन्द्रित उक्त भेटलाई विश्वभर चासोका साथ हेरिएको छ । भेटको सुरुवातमा सीले चीन र अमेरिकाले प्रतिस्पर्धी नभई साझेदारको रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । ट्रम्पले भने […]

भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्रीको भनाइ

मस्को । भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार बताएका छन् । रूसबाट भारततर्फ हुने ऊर्जा आपूर्तिबारे भारतको चासोलाई सम्बोधन गर्दै रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बुधबार उक्त आश्वासन दिएका हुन् । “आपूर्ति ‘प्रभावित हुने छैन’,” भारतप्रति रूसको प्रतिबद्धतालाई दोहोर्याउँदै मस्कोले नयाँ दिल्लीको लागि स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्न आफ्नो प्रयासलाई जारी […]

युक्रेनमा रुसी आक्रमणको मुद्दा उठाउन राष्ट्रपति ट्रम्पलाई जेलेन्स्कीको आग्रह

किएभ । अमेरिकी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई चिनियाँ नेता सी जिनपिङसँगको भेटका क्रममा युक्रेनमाथि रुसको आक्रमण अन्त्य गर्ने विषयमा छलफल गर्न आग्रह गरेका छन् । चीन रुसको नजिकको आर्थिक र राजनीतिक साझेदार हो । रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरू गरेको थियो। बेइजिङले युक्रेन युद्धमा तटस्थ अडान लिएको छ […]

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्न लागेका हुन् । लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्  । करिब नौ वर्षपछि अमेरिकी […]

साउदी अरबले इरानमाथि गोप्य हवाई आक्रमण गरेको खुलासा

काठमाडौं । साउदी अरबले मध्यपूर्व युद्धका क्रममा इरानमाथि गोप्य रूपमा हवाई आक्रमण गरेको खुलासा भएको छ। दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले साउदी अरबले आफ्नो भूमिमा भएका इरानी आक्रमणको बदलास्वरूप मार्च अन्त्यतिर इरानभित्र सैन्य कारबाही गरेको जनाएको हो। यो घटनाले साउदी अरबले पहिलो पटक प्रत्यक्ष रूपमा इरानी भूमिमै सैन्य हमला गरेको […]

अफ्रिकामा २७ अर्ब डलर लगानी गर्ने फ्रान्सेली राष्ट्रपतिको घोषणा

नैरोबी । फ्रान्सका राष्ट्रपति इम्षनुअल म्याक्रोँले केन्यामा आयोजित ुअफ्रिका फर्वार्डु सम्मेलनका क्रममा अफ्रिकामा २३ अर्ब युरो अर्थात् करिब २७ अर्ब अमेरिकी डलर बराबरको लगानी घोषणा गरेका छन् । दुईदिने सम्मेलन सोमबार नैरोबीमा सुरु भएको हो । यो फ्रान्सले अंग्रेजीभाषी अफ्रिकी मुलुकमा आयोजना गरेको पहिलो ठुलो सम्मेलन मानिएको छ । कार्यक्रममा ३० भन्दा बढी अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख […]

राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्युबासँग वार्ताको घोषणा गरेका छन् । अमेरिकी इन्धन नाकाबन्दीले सङ्कटको सामना गरिरहेको क्युवा यसको प्रमुख क्षेत्रीय सहयोगी भेनेजुयलाका पूर्व नेता निकोलस मदुरोलाई पक्राउ गरेपछि थप समस्यामा रहेको छ । राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको एक पोस्टमा उनले क्युवालाई सङ्केत गर्दै भनेका छन्, “कम्युनिस्ट शासित टापु […]

ट्रम्पले इरानको शान्ति प्रस्तावलाई ‘कबाड’ भने, कूटनीतिक संकट गहिरिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत पछिल्लो शान्ति प्रस्तावलाई कडा आलोचना गर्दै “पूर्ण रूपमा अस्वीकार्य” र “कबाड” भनेका छन्। यो अभिव्यक्ति अलजजिरा लाइभ अपडेटमा समेटिएको रिपोर्टमा उल्लेख गरिएको हो । उक्त रिपोर्ट अनुसार ट्रम्पले इरानसँगको युद्धविराम अहिले “जिवन–समर्थनमा” रहेको संकेत गरेका छन्। यसले इरान–अमेरिका बीचको शान्ति प्रक्रिया अत्यन्त कमजोर अवस्थामा पुगेको र दुवै […]

प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो घटना लक्की मारवत जिल्लामा भएको थियो । उक्त क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा रहेको प्रहरीको गाडीलाई निशाना बनाएर विस्फोट भएको स्रोतले नाम न […]