अमेरिका र इरानले जहाज कब्जा गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : आईसीएस

काठमाडौं । अन्तर्राष्ट्रिय शिपिङ क्षेत्रको एक प्रमुख संस्था इन्टरनेशनल चेम्बर अफ शिपिङ (आईसीएस)ले अमेरिका र इरानबिच प्रतिशोधात्मक रूपमा व्यापारिक जहाज कब्जा गर्ने कदमको कडा निन्दा गरेको छ । संस्थाले दुवै देशलाई तुरुन्तै जहाजका चालक दललाई रिहा गर्न माग गरेको छ ।समुद्री कामदारहरूलाई कुनै पनि डर वा हस्तक्षेप बिना स्वतन्त्र रूपमा आफ्नो व्यवसाय गर्न दिनु पर्ने […]

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

नयाँ दिल्ली । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। उक्त घटनामा कम्तिमा ६ जना यात्रु घाइते भएका छन्। यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। दिल्लीबाट जुरिख जाँदै गरेको उडान बिहान करिब १:०८ बजे धावनमार्गमा थियो। विमानमा कुल २३२ जना (२२४ […]

पश्चिम एसिया द्वन्द्वले ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

काठमाडौं । अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, […]

अमेरिका–इजरायल र इरानबीचको युद्धमा ६ हजारभन्दा बढीको मृत्यु, मध्यपूर्वमा ठूलो मानवीय संकट

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको हालको युद्धले मध्यपूर्व क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको छ । अल ज जिराका अनुसार यस संघर्षमा हजारौँ मानिसले ज्यान गुमाएका छन् र लाखौँ प्रभावित भएका छन्। इरानमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ करिब ३ हजार ३७५ जनाको मृत्यु भएको बताइएको छ। यसमा बच्चा, महिला र वृद्धहरू समेत परेका छन्। त्यसैगरी […]

जबरजस्ती वार्ता नगर्ने इरानको अडान

वाशिटन डीसी । इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिकाको दबाब र धम्कीका बीच इरान जबरजस्ती वार्तामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङ ९आईआरआईबी० अनुसार उनले यस्तो धारणा व्यक्त गरेका हुन् । पाकिस्तानका प्रधानमन्त्रीशहबाज शरिफसँग टेलिफोन संवादका क्रममा पेजेशकियानले अमेरिकाका हालका कदमहरूले विश्वासको वातावरण कमजोर बनाएको र वार्ताको सम्भावनालाई जटिल […]

वाशिंगटनमा गोलीकाण्ड: डोनाल्ड ट्रम्प सुरक्षित, शंकास्पद पक्राउ

काठमाडौं । वाशिंगटन डी.सीमा आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट डिनर बाहिर एक सशस्त्र व्यक्तिले गोली चलाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ । घटनामा राष्ट्रपति ट्रम्प सुरक्षित रहेका छन् भने शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ । अधिकारीहरूका अनुसार आक्रमणकारीले सुरक्षा चेकपोइन्टतर्फ दौडिँदै गोली प्रहार गरेको थियो । घटनामा एक सुरक्षाकर्मी घाइते भए पनि उनको […]

पेन्टागनको गोप्य इमेल लिक: स्पेनलाई नाटोबाट हटाउने प्रस्ताव

काठमाडौं । अमेरिकाको पेन्टागन  भित्रको एक आन्तरिक इमेलमा केही नाटो सदस्य राष्ट्रहरूलाई कारबाही गर्ने विकल्पहरूबारे छलफल गरिएको खुलासा भएको छ । रोयटर्सका अनुसार अमेरिकाले इरानसँगको युद्धमा पर्याप्त सहयोग नगरेको भन्दै केही युरोपेली देशहरूप्रति असन्तुष्टि जनाएको छ। उक्त इमेलमा विशेषगरी स्पेनलाई नाटोबाट निलम्बन गर्ने सम्भावना समेत उल्लेख गरिएको छ। अमेरिकी अधिकारीका अनुसार, केही देशहरूले अमेरिकालाई आफ्नो भू-भाग, हवाई […]

इजरायल र लेबनानबीचको युद्धविराम थप ३ हप्ता लम्बियो, सैन्य तयारी पनि तीव्र

काठमाडौं । हाल मध्यपूर्वको सुरक्षा अवस्था फेरि एकपटक गम्भीर मोडमा पुगेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामलाई थप तीन हप्ताका लागि विस्तार गर्ने घोषणा गरेका छन् । यद्दपि, यस क्षेत्रमा सैन्य तनाव पनि अघि बढिरहेको छ । एकातर्फ शान्ति वार्ता अघि बढाइँदै छ भने अर्कोतर्फ इरानसँग सम्भावित द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिकी […]

अमेरिकाद्वारा ३ इरानी तेल ट्यांकर नियन्त्रण, एशियाली जलक्षेत्रमा तनाव बढ्दै

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले एशियाली जलक्षेत्रमा कम्तीमा तीनवटा इरानी तेल ट्यांकरहरू नियन्त्रणमा लिएको छ ।  ट्यांकरहरूलाई उनीहरूको मार्गबाट हटाएर फर्किन बाध्य बनाएको छ । यो कदमले इरान र अमेरिकाबीचको समुद्री तनावलाई अझ बढाएको छ। रोयटर्सका अनुसार यी ट्यांकरहरू भारत, मलेसिया र श्रीलंकाको नजिक विभिन्न स्थानमा देखिएका थिए । अमेरिकी सेनाले उनीहरूलाई रोक्दै आफ्नो निगरानीमा […]

न युद्ध, न शान्ति: अनिश्चित भविष्यतर्फ मध्यपूर्व

काठमाडौं । मध्यपूर्वमा इरान, संयुक्त राज्य अमेरिका र इजरायलबीचको द्वन्द्व अहिले यस्तो मोडमा पुगेको छ जहाँ युद्ध रोकिएको जस्तो देखिए पनि वास्तविकता अझै संघर्षमै अडिएको छ । यो द्वन्द्वको केन्द्रमा अहिले एउटा मुख्य प्रश्न देखिन्छ—के आर्थिक र समुद्री नाकाबन्दीले इरानलाई झुकाउन सक्छ, वा इरानको सैन्य क्षमता र प्रतिरोधले यो दबाबलाई सहेर टिक्न सक्छ ? संयुक्त […]