अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोलम्बियाका समकक्षीसँग आगामी बैठकको घोषणा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई पक्ष बिचमा फोन वार्ता भए पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गरेका छन् । ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबीचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउदै निकट भविष्यमा उनलाई भेट्न आफु उत्सुक रहेको बताएका छन् । […]

ट्याङ्कर विवादः एस्कर्ट जहाजमा रुसको पनडुब्बी परिचालन

वासिङ्टन। पहिले बेला–१ भनेर चिनिने एउटा खाली तेल ट्याङ्कर अमेरिका र रुसबीचको पछिल्लो तनावको केन्द्र बनेको छ । वाल स्ट्रिट जर्नलको बुधबारको रिपोर्टअनुसार संयुक्त राज्य अमेरिकाले पछ्याइरहेको उक्त ट्याङ्करलाई सुरक्षित रूपमा फिर्ता ल्याउन रुसले पनडुब्बीसहितका नौसैनिक साधनहरू परिचालन गरेको छ । रिपोर्टअनुसार बेला–१ ले १५ दिनभन्दा बढी समयदेखि भेनेजुएलाको नजिक अमेरिकी नाकाबन्दीबाट जोगिन प्रयास गरिरहेको […]

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न चीनको सहयोग माग

साङ्घाई। दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसमक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गरेका छन् । उनले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई ‘स्थगन (फ्रिज)’ गर्न सकिने सम्भावना रहेको धारणा पनि राखेका छन् । लीको यो भ्रमण छ वर्षपछि कुनै दक्षिण कोरियाली राष्ट्रपतिले चीनमा गरेको पहिलो […]

पेरिसमा भारी हिमपातका कारण १४० उडान रद्द, चिसोले यात्रु समस्यामा

पेरिस। हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिए। मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा […]

रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन

वासिङ्टन । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेकी छिन् । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो । मङ्गलबार (स्थानीय समय) कृषि–खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उनले भनिन्, “हामी […]

ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा

काराकास। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गरेका छन् । उनले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न […]

विश्व बजारमा अमेरिकी–भेनेजुएला तनावको प्रभाव : सुन बढ्यो, तेल र सेयर बजारमा मिश्रित प्रतिक्रिया

काठमाडौं । अमेरिकाले सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि विश्व बजारमा अस्थिरता बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भएको अभियान सफल भएको र मादुरोलाई अहिले अमेरिकामा राखिएको पुष्टि गरेका छन् । यस कदमले अन्तर्राष्ट्रिय बजारमा मिश्रित प्रतिक्रिया ल्याएको छ । विश्वव्यापी लगानीकर्ताले अनिश्चितता बढेको महसुस गर्दा सुन र अन्य कीमती धातुहरुमा वृद्धि […]

मौसमी कारण देखाउँदै ‘ओपेक प्लस’ द्वारा उत्पादन वृद्धि रोक्ने निर्णय

भियना। तेल निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्रहरू मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ । ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो । यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक […]

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान

पेरिस । फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, फ्रान्सले सन् २०२५ मा कुल ९२ टेरावाट–घण्टा विद्युत् निर्यात गरेको छ, जुन सन् २०२४ को ८९ टेरावाट–घण्टाभन्दा बढी हो […]

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा लगानी गर्न पाउने : ट्रम्प

पाम बिच, संयुक्त राज्य अमेरिका  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका छन् ।  यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो । अमेरिकी सेनाले शनिबार बिहान काराकासमा […]