CLI

अमेरिका र इरान सम्झौताको नजिक, सम्झौताको समय अझै अस्पष्ट

काठमाडौं ।संयुक्त राज्य अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश एउटा ऐतिहासिक सम्झौता को निकै नजिक पुगेका छन्। अमेरिकी र पाकिस्तानी नेताहरुले संयुक्त राज्य अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्नका लागि लामो समयदेखि प्रतिक्षित रुपरेखा सम्झौता (फ्रेमवर्क एग्रिमेन्ट) मा आइतबार हस्ताक्षर हुने अनुमान गरेका छन्, तर तेहरानले यसको समय तालिकाप्रति शङ्का व्यक्त गरेको छ भने इरानका कट्टरपन्थी प्रदर्शनकारीहरुले यसको विरोध गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो ८० औँ जन्मदिनको अवसरमा भोलिपल्ट (आइतबार) इरानसँगको उक्त सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले दुवै पक्ष शान्ति सम्झौताको रुपरेखामा सहमत भएको र इस्लामावादले आइतबार हुने इलेक्ट्रोनिक हस्ताक्षरको तयारी गरिरहेको बताएका छन्, जसको निरन्तरता स्वरूप आगामी हप्ता प्राविधिक तहको वार्ता हुनेछ।

Leave Your Comment

Related News