बालबालिकालाई मुक्तिनाथ विकास बैंकको कृत्रिम हात सहयोग

Prabhu

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गैरनाफामूलक संस्था इनेबल नेपालसँगको साझेदारीमा कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई त्यस्ता हातहरू वितरण गरेको छ ।

बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाधिकारीले कृत्रिम हात वितरण गरेका हुन् । अहिले बैंकले पाँच थान कृत्रिम हात वितरण गरिसकेको र निकट भविष्यमा थप वितरण गर्ने बैंकका गुरुङले बताए ।

यस सहयोगबाट लाभकारी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार