Global College

डा. मनोज कुमार के.सी. प्रहरी महानिरीक्षकमा बढुवा, दान बहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को  २०८३ कात्तिक १८ गते बसेको बैठकले नेपाल प्रहरीको संगठनात्मक नेतृत्वमा महत्त्वपूर्ण हेरफेर गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् निर्णय अनुसार वर्तमान स्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श प्रदान गर्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरिएको छ।

उक्त नयाँ सिर्जित विशेष सुरक्षा सल्लाहकार पदमा बहालवाला प्रहरी महानिरीक्षक (IGP) दान बहादुर कार्कीलाई खटाउने निर्णय सरकारले गरेको छ।

प्रहरी महानिरीक्षक कार्की विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा भएसँगै रिक्त हुन आएको नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (IGP) पदमा प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डा. मनोज कुमार के.सी. लाई बढुवा गरिएको छ। प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम डा. के.सी. लाई कात्तिक १८ गतेदेखि नै लागू हुने गरी नयाँ प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय भएको हो।

NECO

Leave Your Comment

Related News