Global College

महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो लाभांश, कति पाउँछन सेयरधनीले प्रतिफल ? 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक समितिको बैटकले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमा ३.७० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसाका आधारमा लाभांश वितरण गर्ने निर्णय भएको हो । प्रस्तावित बोनस सेयरको रकम १६ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ । नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

यसअनुसार बैंकले कुल ३३ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको २५ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

NECO

Leave Your Comment

Related News