काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । सेयर परिवर्तन भएसँगै कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरको अनुपात ६४.२८ः३५.७२ कायम भएको हो ।
यसअघि संस्थापक समूहमा रहेको उक्त सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिएको हो । यससँगै कम्पनीको कुल सेयर संरचनामा सर्वसाधारण समूहको हिस्सा ३५.७२ प्रतिशत पुगेको छ ।



