बैंकिङ कसुरका घटना बढे

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् […]

प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभाद्धारा लाभांश प्रस्ताव पारित

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको […]

 ४ वाणिज्य र २ विकास बैंकमाथि राष्ट्र बैंकले ग-यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमकीय व्यवस्था मिचेको अरोपमा  ६ वटा बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम मिच्ने ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको हो। कारबाहीमा पर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र लक्ष्म सनराइज तथा विकास बैंकहरुमा लुम्बिनी […]

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीले लिए शपथ

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार शपथ लिएका छन् । फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले बिहीबार एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलसँग शपश ग्रहण गरेका हुन् । सपश ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय […]

वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षक सर्टलिस्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षकलाई सर्टलिस्ट गरेको छ। केन्द्रिय बैंकले ठुला वाणिज्य बैंकको बाह्य लेखापरिक्षणका लागि २ नेपालीसहित ३ वटा विदेशी लेखापरीक्षक कम्पनी लाई सर्टलिस्ट गरेको हो। केन्दिय बैंकले गत चैत दोस्रो साता लेखापरिक्षणको लागि आवेदन मागेको थियो। आवेदन दिनेमध्ये केन्द्रिय बैंकले ५ लेखापरिक्षकलार्य सर्टलिस्ट […]

विकास बैंकहरुको वितरणयोग्य नाफा खुम्चियो

काठमाडौं । बजार चलायमान हुन नसक्दा विकास बैंकहरुको वितरणयोग्य नाफा समेत खुम्चिन पुगेको छ । कर्जा असुलीमा समस्या देखिन गई खराब कर्जा बढ्न जाँदा विकास बैंकहरुको नाफा प्रभावित भएको देखिन्छ । विकास बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा कर्जा वितरणमार्फत् हुने साँवाब्याज असुली अर्थात् आम्दानी समेत प्रभावित हुन पुगेको छ । अर्कोतर्फ विकास बैंकहरुले आफनो आम्दानीको […]

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डको १० मिलियन डलर लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् । उक्त लगानीलाई […]

प्रभु बैंक सञ्चालकमा कार्की र बलायर नियुक्त (पत्रसहित)

काठमाडौं । प्रभु बैंकको  सञ्चालक सदस्यमा दुई जना सदस्य नियुक्त गरिएको छ । बैंकको वैशाख १७ गते सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायरलाई नियुक्त गरेको हो । सञ्चालक समितिको सोमबार बसेको ३ सय ३८ औं बैठकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ४ बिशालनगर […]

कामना सेवा विकास बैकका ग्राहकले  र  ओम मुक्तिनाथ पोलिक्लिनिकमा छुट पाउने  

काठमाडौं । कामना सेवा विकास बैंक र  बुटवल, रुपन्देहीमा रहेको ओम मुक्तिनाथ पोलिक्लिनिक बीचमा सेवा शुल्क छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबमा सेबा लिदाँ लाग्ने शुल्कमा  ५० प्रतिशत सम्म छुट प्राप्त पाउने छन्  । ओम मुक्तिनाथ पोलिक्लिनिक मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको […]

करिब ८ खर्ब निक्षेप थपियो बैंक तथा वित्तीय प्रणालीमा

काठमाडौं ।  बैंक तथा वित्तीय प्रणालीमा पछिल्लो एक वर्षमा करिब ८ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तमा बैैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ खर्ब १४ […]