विकास बैंकहरुको वितरणयोग्य नाफा खुम्चियो

काठमाडौं । बजार चलायमान हुन नसक्दा विकास बैंकहरुको वितरणयोग्य नाफा समेत खुम्चिन पुगेको छ । कर्जा असुलीमा समस्या देखिन गई खराब कर्जा बढ्न जाँदा विकास बैंकहरुको नाफा प्रभावित भएको देखिन्छ ।

विकास बैंकहरुले कर्जा विस्तार गर्न नसक्दा कर्जा वितरणमार्फत् हुने साँवाब्याज असुली अर्थात् आम्दानी समेत प्रभावित हुन पुगेको छ । अर्कोतर्फ विकास बैंकहरुले आफनो आम्दानीको ठूलो हिस्सा सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा विनियोजन गर्नु परेको छ , जसले गर्दा नाफा तथा वितरणयोग्य मुनाफा समेत असर परेको देखिन्छ । विकास बैंकको नाफा २ दशमलव ०६ प्रतिशतले खुम्चिएर ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको नाफा ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

विकास बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार लुम्बिनी विकास बैंकको वितरणयोग्य नाफा ९ करोड १६ लाख ६२ हजार छ सय ११ रूपैयाँ छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आधा कम हो । गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनीको वितरणयोग्य नाफा १८ करोड ६३ लाख ३७ हजार ९ सय ७२ रूपैैयाँ थियो । मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा पनि यस वर्ष तेस्रो त्रैमासमा १  करोड दुई लाख ८५ हजार १ सय ३१ रूपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा मुक्तिनाथको वितरणयोग्य नाफा तीन करोड ५२ लाख ३३ हजार सात सय छ रूपैयाँ ऋणात्मक थियो । यसैगरी महालक्ष्मी विकास बैंकको वितरणयोग्य नाफा ९ करोड ८८ लाख ३२ हजार सात सय १३ रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ६७ लाख ९८ हजार ६ सय ४  रूपैयाँ ऋणात्मक थियो ।

गरिमा विकास बैंकको वितरणयोग्य नाफा गत चैत मसान्तसम्म १० करोड २१ लाख ९ हजार १  सय २७ रूपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८  करोड रूपैयाँले कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमाको वितरणयोग्य नाफा १८ करोड ७५ लाख ७४ हजार पाँच सय ५७ रूपैयाँ थियो । सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा यस वर्ष तेस्रो त्रैमासमा ६ करोड १ लाख ९४ हजार ८  सय ४३ रूपैयाँ ऋणात्मक छ । गत आर्थिक वर्षको सोही अवधिमा सांग्रिलाको वितरणयोग्य नाफा १२ करोड ३१ लाख १५ हजार नौ सय ५४ रूपैयाँले ऋणात्मक थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा गत चैतसम्म १४ करोड ८८ लाख ५५ हजार नौ सय सात रूपैयाँ छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५  करोड रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १९ करोड ७३ लाख ३४ हजार एक सय ७९ रूपैयाँ थियो ।

कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ७३ लाख ३१ हजार ५  सय ६६ रूपैयाँ छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० करोड रूपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कामना सेवाको वितरणयोग्य नाफा ८  करोड ३  लाख ६३ हजार ७६ रूपैयाँ थियो । सिन्धु विकास बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ५   करोड ७६ लाख ८४ हजार ७  रूपैयाँले ऋणात्मक छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकको यस्तो नाफा १  करोड ९२ लाख १२ हजार ६ सय ६६ रूपैयाँले ऋणात्मक थियो । ग्रीन डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा भने चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३९ लाख २१ हजार ७  सय ९५ रूपैयाँ थियो । कर्पोरेट डेभलपमेन्टसहितका केही बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको भए पनि वितरणयोग्य नाफा भने उल्लेख गरेका छैनन् ।

ज्योति विकास बैंकको वितरणयोग्य नाफा यस वर्ष तेस्रो त्रैमासमा २८ करोड ६६ लाख ५८ हजार चार सय ६६ रूपैयाँ ऋणात्मक छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा २७ करोड छ लाख ७५ हजार ७२ रूपैयाँले ऋणात्मक थियो । यस वर्ष तेस्रो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा दुई करोड ५१ लाख ३४ हजार आठ सय १७ रूपैयाँ छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार