प्रभु बैंक सञ्चालकमा कार्की र बलायर नियुक्त (पत्रसहित)

काठमाडौं । प्रभु बैंकको  सञ्चालक सदस्यमा दुई जना सदस्य नियुक्त गरिएको छ । बैंकको वैशाख १७ गते सोमबार बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायरलाई नियुक्त गरेको हो । सञ्चालक समितिको सोमबार बसेको ३ सय ३८ औं बैठकले

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ४ बिशालनगर बस्ने कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा.लि) र सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १५, खुमलटार बस्ने बलायरलाई नियुक्त गर्ने निर्णय गरेको थियो। संस्थापक सेयरधनीको तर्फबाट कार्की र सर्वसाधारण समूहबाट रिक्त पदमा बलायरलाई नियुक्त गरिएको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार