वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षक सर्टलिस्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षकलाई सर्टलिस्ट गरेको छ। केन्द्रिय बैंकले ठुला वाणिज्य बैंकको बाह्य लेखापरिक्षणका लागि २ नेपालीसहित ३ वटा विदेशी लेखापरीक्षक कम्पनी लाई सर्टलिस्ट गरेको हो।

केन्दिय बैंकले गत चैत दोस्रो साता लेखापरिक्षणको लागि आवेदन मागेको थियो। आवेदन दिनेमध्ये केन्द्रिय बैंकले ५ लेखापरिक्षकलार्य सर्टलिस्ट गरेको छ।

राष्ट्र बैंकल नेदरल्याण्ड्स्‌को डेलोइट फाइनान्सियल एडभाइजर बिभी, भारतको केपिएमजी एसुरेन्स एण्ड कल्सटेन्ट सर्भिस, पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड कम्पनी गरी ३ विदेशि कम्पनीलाई सर्टलिष्टमा राखेको छ भने जेभी एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ड र जेभी सिएससी एण्ड प्राइस वाटर हाउस कपर प्राइभेट लिमिटेडगरी दुई स्वदेशी लेखापरीक्षकहरुलाई सर्टलिष्टमा राखेको छ। यी लेखापरीक्षकमध्ये राष्ट्र बैंकले एक लेखापरिक्षकलाई नियुक्त गर्नेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार