तेस्रो त्रैमाससम्म १० वाणिज्य बैंकको सेयरधनीलाई प्रतिफल दिने क्षमता ऋणात्मक

Prabhu

काठमाडौं । मुलुकको सुस्त अर्थतन्त्रको प्रभाव वाणिज्य बैंकहरुको प्रतिफलमा झल्किएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आधा बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक देखिएको छ।

चैतमा मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकहरूको वित्तीय स्थिति खस्किएको छ। सुस्त अर्थतन्त्रका कारण कर्जा प्रभाव विस्तार हुन नसक्दा बैंकहरुको लगानीकर्तालाई दिने प्रतिफल नै ऋणात्मक देखिएको हो।

सिद्धार्थ बैंक, माछापुच्छे बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, नेपाल बैक, लक्ष्मी सन्राईज बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक र हिमालय बैंकको वितरण योग्य नाफा ऋणात्मक छ।

हिमालयन बैंकको वितरण योग्य नाफा सबैभन्दा खराब देखिएको छ। हिमालयन बैंकको वितरण योग्य नाफा ५ अर्ब २४ करोड २४ लाख ८९ हजार रुपैयाँले ऋणात्मक छ। सिद्धार्थ बैंकको वितरण योग्य नाफा २७ करोड १२ लाख २ हजार रुपैयाँले नकारात्मक छ।

तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १० बैंकहरुसँग लगानीकर्तालाई प्रतिफल दिने क्षमता देखिएको छैन।

तर बाँकी १० बैंकहरुसँग भने तेस्रो त्रैमासमै लगानीकर्तालाई प्रतिफल दिन योग्य देखिएका छन्। लगानीकर्तालाई प्रतिफल दिन मिल्ने रकमको आधारमा शीर्ष स्थानमा एभरेष्ट बैंक रहेको छ। एभरेष्ट बैंकसँग वितरण योग्य नाफा २ अर्ब ७५ करोड ११ लाख २९ हजार रुपैयाँ छ।

वितरण योग्य नाफाका आधारमा सबैभन्दा तल सिटिजन्स बैंक रहेको छ। सिटिजन्स बैंकसँग १ करोड ८९ लाख १९ हजार वितरण योग्य नाफा छ।

स्ट्यान्डर्ड चाटर्ड बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, प्राइम बैंक, सनिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंकसँग लगानीकर्तालाई प्रतिफल दिन मिल्ने पैसा छ।

यस्तो छ बैंकहरुको वितरण योग्य नाफा

Bank
2080 Chait End 2080 Chait End
EBL 2608464 2751129
SCBL 2447122 1817237
Nabil 4668000 1547086
ADBL 2053166 1128602
SBI 1164177 834360
Prime 2878746 834360
Sanima 1439442 756822
RBB 2374823 246219
Prabhu 1812458 166547
Citizen 1211416 18919
SBL 1684090 -271202
MBL 854411 -305636
GBL 3306552 -423102
NMB 2269493 -429256
NBL 130509 -1046632
LSBL 1615903 -1248400
Nic Asia 1914891 -1725642
Kumari 1052794 -4205229
NIMB 3275277 -5081626
HBL 1948181 -5242489

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार