तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड, कसको कति

Prabhu

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको खुद नाफा घटेको देखिएको छ। चालु आवको पहिलो ९ महिनामा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा बैंकहरुको नाफामा संकुचन देखिएको हो। गत आवको सोही अवधिमा बैंकहरुले ४६ अर्ब १ करोड ५३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएका थिए। एक वर्षको अवधिमा बैंकहरुको खुद नाफा ५ अर्ब ३३ करोड २२ लाख ८६ हजार रुपैयाँ अर्थात ११.५९ प्रतिशतले घटेको छ।

गत आवको चैत मसान्तको तुलनामा चालु आवमा १२ बैंकले आफ्नो खुद नाफा बढाएका छन् भने ८ बैंकको घटेको छ। बैंकहरुको खुद नाफा ९३ प्रतिशतदेखि २ प्रतिशतसम्म घटेको छ। नाफा बढाउन सफल बैंकको खुद नाफा ६ देखि ९३ प्रतिशतसम्मले बढेको छ।

गत आवको तेस्रो त्रैमासमा कमाएको नाफामा चालु आवमा सबैभन्दा धेरै वृद्धि गर्नेमा कृषि विकास बैंक रहेको छ। कृषि विकास बैंकले चालु आवको चैतमसान्तसम्म २ अर्ब ५ करोड ३१ लख ६६ हजार खुद नाफा कमाएको छ भने गत आवको सोही अवधिमा १ अर्ब ४ करोड १० लाख ३७ हजार रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा कृषि विकास बैंकको खुद नाफा १ अर्ब २ करोड २१ लाख २९ हजार रुपैयाँ अर्थात ९७.२२ प्रतिशतले बढेको छ।

गत आवको तेस्रो त्रैमासमा कमाएको नाफामा चालु आवमा सबैभन्दा धेरै गुमाउनेमा नेपाल बैंक रहेको छ। नेपाल बैंकले चालु आवको चैतमसान्तसम्म १३ करोड ५ लाख ९ हजार खुद नाफा कमाएको छ भने गत आवको सोही अवधिमा १ अर्ब ७८ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा नेपाल बैंकको खुद नाफा १ अर्ब ६५ करोड १८ लाख २० हजार रुपैयाँ अर्थात ९२.६८ प्रतिशतले घटेको छ।

चालु आवमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। नबिल बैंकको खुद नाफा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ छ।

तेस्रो त्रैमासमा ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब रुपैयाँभन्दा बढी छ।

यस्तो छ वाणिज्य बैंकहरुको नाफा

 

Profit-000
Bank 2080 Chait End 2079 Chait End Change
Nabil 4668029 5116174 -8.76
GBL 3306552 4358264 -24.13
NIMB 3275277 3046123 7.52
Prime 2878746 2467556 16.66
EBL 2608464 2466064 5.77
SCBL 2447122 2610087 -6.24
RBB 2374823 3576774 -33.60
NMB 2241595 1682532 33.23
ADBL 2053166 1041037 97.22
HBL 1948181 1738862 12.04
NIC Asia 1914891 4014924 -52.31
Prabhu 1812458 1954625 -7.27
SBL 1684090 1490101 13.02
LSBL 1615903 1265345 27.70
Sanima 1439442 1711613 -15.90
Citizen 1211416 1236061 -1.99
SBI 1164177 1803285 -35.44
Kumari 1052794 1301659 -19.12
MBL 855446 1351952 -36.73
NBL 130509 1782329 -92.68
Total 40683081 46015367 -11.59

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार