यो वर्ष मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक  हुन्छ , अर्थमन्त्री बर्षमान पुन

काठमाडौं । अर्थ मन्त्री  बर्षमान पुनले यो आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक  बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले वीरगंजमा आयोजना गरेको वीरगंजको वाणी बहसमुलक कार्यक्रमअन्तर्गत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीर्षकको सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका हुन् । ‘विश्व बैंकको तथ्याङ्कले पनि साढे तीन प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि हुने देखाएको छ’, […]

देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट उत्तरित गर्ने बजेट बनाउन प्रधानमन्त्री को निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन्। बुधबार दिउँसो आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्। बैठकमा प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि ‘स्कुल अफ […]

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षा, उपलब्धि औसत

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्थापनमा चाप परेको बताए थिए । उनले पूँजीगत खर्च बढ्न नसक्नु र राजस्व सङ्कलनमा देखिएका समस्या […]