कतारका अमिर आज अपराह्न आउँदै, द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् ।राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा  उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ् परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्ने छन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ । […]