एपेक्सको खराब कर्जा विवाद र एनसीसी बैंकको विज्ञप्त्ती

इक्विटी नेपाल – काठमाडौँ :
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कमा गाभिएको साविकको एपेक्स डेभलपमेण्ट बैङ्कका मुख्य १३ जनालाई बैङ्किङ कसूरको अभियोगमा पक्राउ गरेको अवस्थामा एनसीसी बैंकको बारेमा विभिन्न टिकातिपन्नी सुरु भैसकेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार  एपेक्स डेभलपमेण्ट बैङ्कका तत्कालीन सन्चालक समितिका अध्यक्ष,सदस्य र केही कर्मचारीलाई पार्कउ गरेको थियो ।
एनसिसीसँग मर्जरको सहमती पस्चात एपेक्सबाट  नियमविपरीत करीव विभिन्न शाखा बाट  १ अर्ब ५० करोड कर्जा प्रवाह भएको पाईएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले १३ जनालाई हिरासतमा लिए पस्चात एनसीसी बैंक प्रती धेरै लगानीकर्ता , निक्षेपकर्ता , शेयरधनी , ग्राहक माझ बैंक प्रती एक प्रकारको नकारात्मक भावना उत्पन्न भएको थियो ।
यही कुरालाई मध्य नजर गर्दै एनसीसी बैंकले आईतबार  विज्ञप्त्ती जारी गरेको छ ।
विज्ञप्त्तीमा  अहिले विवादमा आएको कर्जा एपेक्स डेभलपमेण्ट बैंक एनसीसीमा गाभिन पुर्व प्रवाह गरेको कर्जा रहेको प्रस्ट गरिएको छ । त्यस्तै एपेक्स  डेभलपमेण्ट बैंकबाट मर्जर  सहमती भएपस्चात र पूर्ण रुपमा विलय हुनु पुर्व प्रवाह गरिएको कर्जा अस्वभाविक रुपमा खराब रहेको र सो कर्जा बैंकले जोखिम व्यहोर्ने कोषमा राखिसकेकाले बैंकको वित्तिय अवस्थालाई कुनै प्रतिकुल असर नपर्ने कम्पनीले जारी विज्ञप्त्तीमा उल्लेख छ ।
पक्राउ पर्ने १३ जनाको नामावाली यस प्रकार छ ।
नाम थर
पद
विष्णु प्रसाद धिताल
तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
ईच्छा बहादुर गुरुङ
तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
सुवर्ण राज भण्डारी,
तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
मधुवन लाल श्रेष्ठ
तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
ऋषी राज भट्ट
तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
दुर्गा दत्त जोशी,
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
रामचन्द्र बसौला
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
बिकास श्रेष्ठ
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
सागर नेउपाने
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
मान ब. राउत
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
विनित मणि उपाध्याय
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक
मोहन खरेल
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
सुदिप थापा
तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
कसरी भएको थियो अनियमितताहरु?
केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेसविज्ञप्त्तीका अनुसार यसरी गैरकानुनी रुपमा कर्जा प्र्वाह भएको थियो ।
कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
कृतिम ऋणीहरु खडा गरिएको ।
निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।
कस्तो छ एनसीसी बैंकको वित्तीय अवस्था ?


कम्पनीको  अहिलेको मुख्य समस्या भनेको उसको खराब कर्जानै रहेको छ । उसको खराब कर्जा ४ दशमलव २९ प्रतिशत रहेको छ ।  उसले यो आर्थिक वर्षको छ  महिनाको अवधिमा ३५ करोड खुद नाफा कमाउन सफल भएको छ र उसको प्रतिशेयर  आम्दानी १० रुपैया (वार्शिकरण  )  छ ।

कम्पनीले उसको खराब कर्जा बापत रकम प्रोभिजन गर्नु पर्दछ  । एनसीसी बैंकले १०० रुपैया खराब कर्जाका निमित्त ९५ रुपैया प्रोभिजन गरेको छ ।
एपेक्सको खराब कर्जा बैंकले प्रोभिजन गरीसकेको कुरा बैंकले आईतबर जारी गरेको  विज्ञप्त्तीमा प्रस्ट लेखिएको छ   र  यो विवादले बैंकलाई भविस्यमा कुनै समस्या नपर्ने पनि बैंकले प्रस्ट पारेको छ  तर पनि बिग्रिएको कर्जालाई मिलाउन र खराब कर्जाको प्रतिशत घटाएर खाराब कर्जाका निमित्त प्रोभिजन गरीएको रकम राईट व्याक गर्ने चुनौती बैंक व्यवस्थापनलाई थपिएको छ ।
राष्ट्र बैंकले तोकेको ८  अर्बको लक्ष्य पुगाउन बैंकले ५० प्रतिशत हकप्रदको बाटो रोजेको छ तर ५० प्रतिशत हकप्रदले उसलाई निर्धारित ८ अर्बको लक्ष्य पुगाउन गाह्रो देखिने छ ।
सकारत्म्मक पाटो ?
यो घटनालाई केही सकारात्मक रुपमापनि हेर्न सकिन्छ । प्रहरी अनुसन्धानबाट दोषी माथि कारवाही र बिग्रेको लोन असुली हुने वातावरण भएमा बैंकले उक्त्त खराब कर्जाका निमित्त प्रोभिजन गरेको रकम फिर्ता आउने र बैंकको निस्क्रिय कर्जा घट्दै जाने छ । जसले समस्त बैंक र शेयरधनीलाई सकारात्मक असर पर्ने देखिन्छ ।
छानविन बाट सत्य तथ्य पत्तोलागेमा र दोषी माथि कारवाही भएमा यसले समस्त बैंक तथा वित्तीय सस्थामा हुने कसुर नियन्त्रण हुदै बन्किंग प्रणाली स्वस्थ र सफा  हुनेमा दुई मत छैन  ।
       
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार