सुनचाँदीको मुल्य फेरि बढ्यो

काठमाडौं । सुनचाँदीको मुल्य बिहीबारको लागि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार तीन सय रुपैयाँ तोकिएको छ । बुधबार भने छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रति १० ग्राम १ लाख २० हजार ३० रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १९ हजार ४ सय ३० रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रति १० ग्राम १ लाख १८ हजार ६ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १८ हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार प्रतितोलामा ६० रुपैयाँले बढेको छ । यो सँगै चाँदीको प्रतितोला मूल्य भने १ हजार ८ सय ५ रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम १ हजार ५ सय ४७ रुपैयाँ ५० पैसा तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ४ सय ९६ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार