अझै ११ जीवन बीमा कम्पनीको चुक्ता पुँजी अपुग, यस्तो छ कार्य योजना

काठमाडौं । नियामकले निर्देशन दिएको ३ वर्ष बेत्तित हुँदा पनि सबै बीमा कम्पनीहरुले चुक्ती पुँजी बढाउन सकेका छन्। हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी मध्ये तीन वटाले मात्र नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ती पुँजी पुरा गरेका छन्। नियामकले तोके बमोजिम चुक्ती पुँजी पुर्याउन सफल कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेनस हिमालय लाइफ इन्स्योरेन्स रहेका छन्।

उनीहरुको चुक्ता पुँजी क्रमशः ५ अर्ब १ करोड १६ लाख ६६ हजार, ८ अर्ब २० करोड ७९ लाख ६६ हजार र हिमालय लाइफ इन्स्योरेन्सको ८ अर्ब २ करोड ३ लाख ८४ हजार रुपैयाँ रहेको छ।

बीमा प्राधिकरणले २०७८ चैत १० गते सबै बीमा कम्पनीहरुलाइृ पुँजी वृद्धि गर्न निर्देशन दिएको छ। लाइफ इन्स्योरेन्स कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्ता पुँजी बनाउन भनिएको थियो।

पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुसँग असार मसान्तसम्मको समय रहेको प्राधिकरणका उपनिर्देशक साम्बल राज लामिछाने बताउँछन्। ‘तोकिएको चुक्ता पुँजी पुर्याउन बीमा कम्पनीसँग अब करिब डेढ महिनाको अवधि छ। धेरै कम्पनीहरुले चुक्ता पुँजी पुर्याउने सम्बन्धमा कार्य योजना प्राधिकरणमा पेश गरेका छन्। असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा ऐन अनुसार कारबाही हुन्छ,’ लामिछानेले भने।

मर्जरमा गएका कम्पनीहरुले भने चुक्ता पुँजी पुर्याउनका लागि अतिरिक्त थप एक वर्ष पाउनेछन्।

जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना

१४ जीवन बीमा कम्पनीमध्ये हालसम्म ३ वटाले मात्र तोकिएको ५ अर्ब चुक्ता पुँजी कायम गरेका छन्। बाँकी ११ कम्पनीले भने तोकिएको पुँजी पुर्याउन सकेका छैनन्।

३ कम्पनीले हकप्रद सेयर जारी गरेर तोकिएको पुँजी पुर्याउने कार्ययोजना पेश गरेको प्राधिकरणले जानकारी दिएको छ। हकप्रद मार्फत पुँजी वृद्धि गर्ने योजनामा लाईफ इन्योरेनस कर्पोरेशन नेपाल, एशियन लाईफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स रहेका छन्। २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको उपक्रम लाईफ इन्योरेन्स कर्पोरेशन नेपाल विदेशी संयुक्र्त ८८ प्रतिशत हकप्रद जारी गरेर तोकिएको चुक्ता पुँजी पुर्याउन प्राधिकरणले अनुमति दिएको छ।

३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ चुक्ता पुँजीको एशियन लाईफ इन्स्योरेन्सले ४२ प्रतिशत र ४ अर्ब २९ लाख ६० हजार चुक्ता पुँजीको प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स १७ प्रतिशत हकप्रद जारी गरेर तोकिएको पुँजी पुर्याउने कार्य योजना प्राधिकरणले स्वीकृत गरेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान बीमा ऐन २०७९ बमोजिम कम्पनीमा जाने प्रक्रियामा रहेको छ। लाइफ इन्स्योरेन्स कम्पनी मध्ये सबैभन्दा कम १८ करोड १० लाख २० हजार रुपैयाँ राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्ला दुई आर्थिक वर्षको बोनस सेयर वितरण गरेर तोकिएको पुँजी वृद्धि गर्ने योजनामा रहेको प्राधिकरणले जानकारी दिएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ रकोड ४० लाख रुपैयाँ छ।

मेटलाईफ एलिको विदेशी कम्पनी भएकाले नियामकले तोकेको दाहित्व भुक्तानी गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

सूर्याज्योलित लाइफि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार हजार रुपैयाँ छ। पाँच अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीलाई करिब ४६ करोड रुपैयाँ आवश्यक देखिन्छ। कम्पनीले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउने योजना बनाएको छ।

आईएमई लाईफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले प्रिमियममा आईपी जारी गरेर पुँजी वृद्धि गर्ने कार्य योजना पेश गरेका छन्।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार