बंगलादेशमा अर्थशास्त्री डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने
काठमाडौं । बंगलादेशी नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने भएको छ । मंगलबार राति बङ्गभवनमा राष्ट्रपति मोहम्मद सहाबुद्दीन, तीनवटै सुरक्षा निकायका प्रमुख र विद्यार्थी आन्दोलनका संयोजकहरूसँगको बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपतिका प्रेस सचिव जैनाल आबेदीनलाई उद्घृत गर्दै स्थानीय अनलाइन समाचार प्रथम आलोले युनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने […]