चालु आवको पुँजीगत खर्च ५७ प्रतिशतमा सिमित, राजस्व संकलनमा पनि चुक्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले विनियोजित बजेटको कुल ५६.९७ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। चालु आवको लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा सोमबार राती १२ बजेसम्म १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँमा खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। अन्तिम […]

आगामी आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पास

काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले […]

गण्डकी प्रदेसको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो। […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । आज ११ बजे संघीय प्रतिनिधिसभाको बैठक बस्दैछ  । सभामुखले राष्ट्रपतिको कार्यलयबाट प्राप्त कार्यभार थप सम्बन्धी पतर्को ज्यहोरा पढेर सुनाउने , प्रघान मन्त्री तथा मन्तरि परिडद्को कार्यलयबाट पाप्त कार्यभार थप सम्बन्धि पत्रको ब्यहोरा पडेर सुनाउने र बिनियोजन बिधेयकमाथिको छलफल सुरु हुने सम्भाबित कार्यसुचि रहेको छ । बैठकमा आजबाट बिनियोजन बिधयेका २०८१ को बिभिन्न शिर्षकमाथि […]

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै

काठमाडौं । संघिय संसदको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्दै छ । संसदको सचिबालयले पारेको संभाबित कार्यसुची अनुसार बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्नेछन् । त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० […]

बजेटमा ल्यापटपमा लगाएको अन्त शुल्क पुनर्विचार गर्न क्यान महासंघको आग्रह

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को बजेटमा ल्यापटपमाथि लगाइएको अन्तस्शुल्कबारे पुर्नबिचार गर्न  कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो । उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटीसहित विभिन्न क्षेत्रमा असर गर्ने […]

समस्या भईसकेपछि समाधान खोज्ने प्रवृत्तिको निरन्तरता ः युवराज खतिवडा, पूर्व अर्थमन्त्री

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले हरेक बर्षका बजेटमा समस्यापछि मात्रै समाधानको बाटनो खोजिने गरेको बताए । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उनले बजेटमार्फत पुनः एकपटक मुर्ख बनाईएको बताए । ‘बजेटले भनेका कुरा सबै ठिक छन् भन्ने होईन, हाल पनि माईतिघरमा केहि व्यवसायीहरु आन्दोलित हुनुहुन्छ,’ उनले भने, ‘आगो लागेपछि […]

Budget for the upcoming fiscal year at 1:00 pm on May 28

Kathmandu. The government is set to unveil the budget (estimations of the government annual revenue and expenditures) for the fiscal year 2081-82 BS (2024-25) on May 28. Speaker Devraj Ghimire today informed a meeting of the House of Representatives (HoR) that Finance Minister Barshaman Pun will be presenting the budget before a joint sitting of […]

संसदको बजेट अधिबेशन आजबाट सुरु

काठमाडौं । संघीय संसदको प्रतिनिधिकोसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुबै सदनको  अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन आज सुरु  हुन लागेको हो । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका […]

सरकारी ऋण तिर्न साढे पाँच खर्ब चाहिने, बजेटमा स्रोतको अभाब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व करिब पाँच खर्ब ५० अर्ब हाराहारी पुगेपछि सरकारलाई बजेटको स्रोत जुटाउन सकस परेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले सरकारलाई आगामी आवको बजेटको सीमा (सिलिङ) पठाइसकेको छ । आगामी आवका लागि १८ खर्बको सीमाभित्र […]