संसदको बजेट अधिबेशन आजबाट सुरु

Prabhu

काठमाडौं । संघीय संसदको प्रतिनिधिकोसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुबै सदनको  अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन आज सुरु  हुन लागेको हो ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा  राष्ट्रपतिबाट आगामि जेठ १ गते गर्ने सरकारको तयारी रहेको छ  ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृह मन्त्री रबि लामिछाने माथि लागेको सहकारी ठगीको बिषयलाई लिएर संसदीय छानबिन समितिको माग गर्दै संसद अबरोध गरेको थियो । कांग्रेसले आजको बैठकमा पनि अबरोध कायम राख्ने देखिएको छ । आजको बैठकमा  राष्ट्रपतिबाट प्राप्त पत्र संसदमा पढेर सुनाउने कार्यसुचि रहेको छ । आजको बैठकको प्रारम्भमा दलीय प्रतिनिधित्वको आधारमा दलका प्रतिनिधिले संसद बैठकलाई संबोधग गर्ने कार्यसुची रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार