राष्ट्रबैंङ्क सञ्चालक समितिको बैठक बस्दै मौद्रिक नीति आज आउने

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक हुँदैछ  । राष्ट्र बैङ्क स्रोतले मौद्रिक नीति पास गर्न अहिले  बिहान सञ्चालक समितिको बैठक बसेको बतायो । एक साताअघि नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकारको चासोका कारण रोकिएको थियो । मौद्रिक नीतिको मस्यौदा व्यवस्थापन समितिले पास गरिसकेकाले पुनः व्यवस्थापन समिति बैठक बस्ने छैन । […]

अर्थतन्त्रका शिथिलता अन्त्य गर्ने गरी मौद्रिक नीति आउछ- गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं ।नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको जनाएको छ । आगामी आवको मौद्रिक नीतिका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले अवलम्बन […]

युवालाई उत्पादन र उद्यमसँग जोड्न सके देशको अर्थतन्त्र सुधार हुन्छ – गर्भनर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताए। उनले युवालाई उत्पादन र उद्यमसँग जोड्न […]

राष्ट्र बैङ्कले जारी गर्यो भुक्तानी सम्बन्धि एकिकृत निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृृत परिपत्र २०८० परिबर्तन गरेको छ । परिबर्तित   भुक्तानी सम्बन्धि नयाँ एकिकृत निर्देशन परिपत्र  मार्फत जारी गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त संस्थालाई  नयाँ  एकिकृत निर्देशन जारी गरेको हो यस्तो छ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र

पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई राष्ट्र बैंकको राहत, सर्तमा अग्राधिकार सेयर जारी गर्ने सुविधा

काठमाडौं ।  पुँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राहत प्रदान गरेको छ। केन्द्रिय बैंकले बुधबार सर्कुलर जारी गरेर सञ्चिति नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्ने विकल्प खुल्ला गर्दै पुँजी कोषको दबाब खेपिरहेकाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको छ। राष्ट्र बैंकका सर्तः (१) अविमोच्य असञ्चिति […]

बजारबाट ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । १४ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज शुक्रबाट मध्यान्ह १२ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा […]

सहुलियतपुर्ण कर्जा, अनुदान र सुविधाको सही उपयोग गर्न राष्ट्र बैंकको अपिल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिएका सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत रकम दुरुपयोग भएको जनाएको छ । योसँगै ग्राहकलाई दिइएको अनुदान र सुविधाको सही उपयोग गर्न केन्द्रीय बैंकले अपिल गरेको हो । नेपाल सरकारले लागु गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार विभिन्न १० शीर्षकमा बैंक तथा […]

१९ खर्ब ४२ अर्ब पुग्यो विनिमय सञ्चिति, १२.६ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढेको जनाएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय अवस्थाको विवरण अनुसार २०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८१ बैशाख मसान्तमा २६.२ प्रतिशतले वृद्धि भई १९४२ अर्ब ४० करोड पुगेको जनाइएको छ । अमेरिकी डलरमा […]

राष्ट्र बैंकको रिपोर्टले भन्यो, ‘महँगी घट्यो’

काठमाडौं । २०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य […]

नेपाल राष्ट्र बैंकद्वारा सर्बसाधारण र सरोकारवालासँग मौद्रिक नीतिको सुझाब माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका सर्बसाधारण र सरोकारवालाको सुझाव माग गरेको  छ । असार १६ गतेभित्र सुझाव दिन भनेको छ । आगामी साउन १५ भित्र मौद्रिक निति ल्याउने तयारी राष्ट्र बैंकको रहेको छ । राष्ट्र बैंकले सुझाब दिन चाहनेहरुले आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट […]