उधारोमा ब्याण्डविथ आयात, इन्टरनेट ब्ल्याक आउटको खतरा अझै

काठमाडौं । बिहीबार सरकारले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा मुलुकले भने इन्टरनेट ब्ल्याक आउटको सामना गर्नु परेको छ। नेपालका इन्टरनेट सेवा प्रदायकहरुले ब्याण्डविथ आयातको भुक्तानी नगर्दा भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले सेवामा अवरोध गर्दा नेपालमा इन्टरनेट बन्द भएको हो। बिहीबार दिउँसो करिब ४ बजेदेखि नेपालको इन्टरनेटमा आएको समस्या तत्कालका लागि हल […]

सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन मुलुकमा इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । सरकारले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्रीको उपस्थितिमा भव्य रुपमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाएकै दिन सूचना प्रविधिको प्रमुख स्तम्बको रुपमा रहेको इन्टरनेट सेवा अवरुद्ध भएको हो। आज अपरान्ह ४ बजेदेखि भारतीय एयरटेलले नेपालमा पठाउँदै आएको इन्टरनेट […]

एक वर्षदेखि भुक्तानी दिन नसक्दा इन्टरनेट काटिने खतरा बढ्योः आइस्पान

काठमाडौं । इन्टरनेट सेवा प्रदायकको संस्था ९आइस्पान० ले विदेशी मुद्रा सटही सिफारिस रोकिए इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको छ। आइस्पानले बिहीवार पत्रकार सम्मेलन गर्दै ब्यान्डविथ भुक्तानीका लागि सरकारबाट सिफारिस नहुँदा इन्टरनेट सेवा अवरुद्ध हुने परिस्थिति सिर्जना भएको चेतावनी दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजू बक्यौता नतिरेको भनेर […]

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाईं हाँसिल गरेको हो । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको […]