सूचना तथा सञ्चार प्रविधि दिवसकै दिन मुलुकमा इन्टरनेट सेवा अवरुद्ध

Prabhu

काठमाडौं । सरकारले सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ मनाइरहँदा इन्टरनेट सेवा अवरुद्ध भएको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्रीको उपस्थितिमा भव्य रुपमा सूचना तथा सञ्चार प्रविधि दिवस मनाएकै दिन सूचना प्रविधिको प्रमुख स्तम्बको रुपमा रहेको इन्टरनेट सेवा अवरुद्ध भएको हो।

आज अपरान्ह ४ बजेदेखि भारतीय एयरटेलले नेपालमा पठाउँदै आएको इन्टरनेट ब्याण्डविथ काटिदिँदा समस्या उत्पन्न भएको छ। कतिपय सेवा प्रदायकहरुले आफ्नो इन्टरनेट सेवा रोकिएको वा सुस्त चलेको जानकारी दिएका छन्।

मर्मत सम्भार शुल्कको विवादका कारण सरकारले विगत ९ महिनादेखि ब्यान्डविथ आयातका लागि आवश्यक पर्ने विदेशी मुद्राको सिफारिस रोकेको छ। विदेशी मुद्राको सिफारिस नपाउँदा आईएसपीहरुले अपस्ट्रिम सेवा प्रदायकलाई भुक्तानी गर्न सकिरहेका छैनन्।

समयमा भुक्तानी नपाउँदा भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरुको अपस्ट्रिम सेवा काटिदिँदा इन्टरनेटमा समस्या आएको हो।
हाल वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, भायनेट कम्युनिकेसन लिमिटेड, सुबिसु केबलनेट लिमिटेड, टेकमाइण्डस लगायत प्रमुख सेवा प्रदायकहरुमा समस्या देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार