एक वर्षदेखि भुक्तानी दिन नसक्दा इन्टरनेट काटिने खतरा बढ्योः आइस्पान

Prabhu

काठमाडौं । इन्टरनेट सेवा प्रदायकको संस्था ९आइस्पान० ले विदेशी मुद्रा सटही सिफारिस रोकिए इन्टरनेट सेवा ठप्प हुने चेतावनी दिएको छ। आइस्पानले बिहीवार पत्रकार सम्मेलन गर्दै ब्यान्डविथ भुक्तानीका लागि सरकारबाट सिफारिस नहुँदा इन्टरनेट सेवा अवरुद्ध हुने परिस्थिति सिर्जना भएको चेतावनी दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजू बक्यौता नतिरेको भनेर विगत नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन।

‘ब्याण्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध गर्ने भन्दै यस साता भारती एयरटेलले पत्र पठाएको आइस्पानले जानकारी दिएको छ।

सरकारले विदेशी मुद्रा सटही सिफारिस नगर्दा विगत एक वर्षदेखि अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवा अवरुद्ध हुने अवस्था आएको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए।

‘सरकारले नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिस गरेको छैन। मुद्रा सटही सिफारिस नपाउँदा अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न सकिएको छ,’ पराजुलीले भने, ‘ब्याण्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भन्दै यस साता भारती एयरटेलले पत्र पठाएको छ।’ विदेशी मुद्रा सटही सिफारिस गरेर सेवा प्रदायकलाई सहयोग गर्न उनले सरकारसँग आग्रह गरे।

इन्टरनेट सेवा प्रदायकहरुले अपस्ट्रिम प्रोभाइडरलाई बैंक ग्यारेन्टी उपलब्ध गराएकाले हालसम्म ब्याण्डविथ नरोकिएको उनले बताए। पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियामकको स्वीकृतिमा मात्र बैंक ग्यारेन्टी दिने निर्णय गरेको छ।

‘अहिले नयाँ बैंक ग्यारेन्टी दिन सकिने अवस्था छैन। यसले गर्दा पनि दबाव बढेको छ। अपस्ट्रिम प्रोभाइडरले चाहेमा बैंक ग्यारेन्टी लग्न सक्छ,’ पराजुलीले भने, ‘अब हामीले अर्को बैंक ग्यारेन्टी दिन सक्ने अवस्थामा छैनौं। हामीले बैंक ग्यारेन्टी नलग्न अनुरोध गरेका छौं।’ त्यसैले यो मुद्दा एकदमै जेलिएर बसेको उनले बताए।

आइस्पानका पूर्व अध्यक्ष विनिय बोहराका अनुसार इन्टरनेट सेवा प्रदायकहरुले एयरटेललाई करिब ३० मिलियन अमेरिकी डलर भुक्तानी गर्न बाँकी रहेको कार्यक्रमा जानकारी दिए। उनका अनुसार नेपालमा आयात हुने ब्याण्डविथ मध्ये एयरटेलको हिस्सा करिब ७० प्रतिशत आसपास छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार