युवालाई उत्पादन र उद्यमसँग जोड्न सके देशको अर्थतन्त्र सुधार हुन्छ – गर्भनर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताए। उनले युवालाई उत्पादन र उद्यमसँग जोड्न […]

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न

काठमाडौं । बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थपिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर […]

ढल्केबर-इनरुवा ४०० केभी बिधुत प्रसारण लाइनबाट प्रसारण सुरु

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ । ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर- मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको […]

अरुण तेस्रो जलविधुत आयोजनाको ७५% काम पूरा, एक वर्षमा बिधुत उत्पादन सुरु हुने

काठमाडौं । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट बिधुत  उत्पादन सुरु हुनेछ । भारतको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपीडीसी) को करिब १ खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । आयोजनाबाट ९०० मेगावाट(मेवा) विद्युत् उत्पादन हुनेछ । […]

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु

काठमाडौं । तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको जलबिदुत आयोजनाको संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा  शिलान्यास गरेका छन्  । यो आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड रहेको छ  । यो […]

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]

सीईडीबीले ११ प्रतिशत बोनस सेयर दिने, साधारण सभा वैशाख ३१ गते

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट बोनस सेयर जारी गर्नेछ। सीईडीबीको दुई आर्थिक वर्षको साधारण सभा वैशाख ३१ गते तय गरिएको छ। साधारण सभा प्रयोजनका […]

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेकाछन्। नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए । “नेपाललाई अझै […]

गाँउमा सडक पुग्यो तर बस्ति सुनसान

काठमाडौं । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् । बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि […]

अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षबीच ठुला जलबिधुत आयोजनाबारे छलफल

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ । पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेन र बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम । (आईएफसी) का प्रतिनिधिको बिचमा छलफल भएको हो । नेपालका […]