CLI
Global College

सीईडीबीले ११ प्रतिशत बोनस सेयर दिने, साधारण सभा वैशाख ३१ गते

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो।

कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट बोनस सेयर जारी गर्नेछ।

सीईडीबीको दुई आर्थिक वर्षको साधारण सभा वैशाख ३१ गते तय गरिएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ देखि ३१ गतेसम्म बुक क्लोज तोकेको छ।

Leave Your Comment

Related News