करिब ३ अर्ब निर्यात नगद अनुदान वितरण गरिने

काठमाडौं । सरकारले यस वर्ष करिब ३ अर्ब निर्यात नगद अनुदान वितरण गर्ने भएको छ । सरकारले स्वदेशी उत्पादनमा नगद निर्यात अनुदान दिदै आएकोमा चालु आर्थिक वर्षमा ३ अर्ब ७० करोड रुपैयाँ बराबर रकम वितरण गर्न लािगएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार निर्यात रकम प्राप्त गर्ने उद्योग तथा उत्पादनहरुमा भने पुरानै उत्पादनहरुको वर्चस्व […]

निजी क्षेत्र समृद्धिका बाहक हुन्: पूर्वअर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन पूर्वअर्थमन्त्री डा। महत भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्दछ ।’ ‘०४६ सालको परिवर्तनसँगै […]

रोजगारमूलक शिक्षामा १६ औँ योजना केन्द्रित हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन्। “पर्यटन प्रवर्द्धन र […]

टेलिकमका निलम्बित निर्देशक सुनील पौडेल कारागार चलान

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेल कारागार चलान भएका छन् । गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका निलम्बित निर्देशक पौडेललाई बुधबार विशेष अदालतले थुनामा पठाउने थुनछेक आदेश गरेको हो। तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त आदेश गरेको विशेष अदालतले जनाएको छ। नेसनल पेमेन्ट गेटवे उपकरण […]

२० कम्पनीले तिरेनन् कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय कावासोतीले  २० वटा कम्पनीले कर नतिरेको बताएको छ । कर नतिरे सँगै ती कम्पनीहरुलाई कोलोसूचीमा राख्ने तयारी भएको कार्यालयले जनाएको छ । कर्यालयले अबको १५ दिन भित्र कर दाखिला गर्न समेत आग्रह गरेको छ । कार्यालयका अनुसार अबको १५ दिन भित्र कर दाखिला गर्नुहुन अथवा दाखिला गरेको भए सोको प्रमाण […]

अर्थमन्त्रीले आगामी बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग लिए सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन्। त्यस क्रममा पूर्व अर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुस्लिट नभई कार्यान्वयन हुन […]

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं । नेपालका बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन) को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण्डकी राजदूत डा. डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तिय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले मन्त्री पुनलाई बुधबार अर्थ […]

सामाजिक सुरक्षा कोषमार्फत् करिब ७५ अर्ब लगानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म ७४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ लगानी गरेको बताएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले विकास हालसम्म ७४ अर्ब ५५ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ । लगानी रकममध्ये सबैभन्दा धेरै ऋणपत्रमार्फत् लगानी गरेको कोषले जनाएको छ । कोषले हालसम्म ५८ अर्ब ६२ करोड ६२ लाख रुपैयाँको […]

नेपाल र कतारबिच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबिच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी  दिए  । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल […]

लगानी , व्यापार बढाउन नेपाल–कतार संयुक्त वाणिज्य परिषद स्थापना गरिने

काठमाडौं ।  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी र […]