RE
Global College

२० कम्पनीले तिरेनन् कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय कावासोतीले  २० वटा कम्पनीले कर नतिरेको बताएको छ । कर नतिरे सँगै ती कम्पनीहरुलाई कोलोसूचीमा राख्ने तयारी भएको कार्यालयले जनाएको छ ।
कर्यालयले अबको १५ दिन भित्र कर दाखिला गर्न समेत आग्रह गरेको छ । कार्यालयका अनुसार अबको १५ दिन भित्र कर दाखिला गर्नुहुन अथवा दाखिला गरेको भए सोको प्रमाण पेश गर्न कम्पनीहरुलाई आग्रह गरेको छ ।बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । बिहीबार जारी गरिएको सूचनामा भनिएको छ, “यस कार्यालयको कार्यक्षेत्र अन्तर्गतका तपसिलका करदाताहरुलाई विभिन्न माध्यमबाट बारम्बार सूचना दिंदा समेत हालसम्म पनि कर दाखिला गरेको नदेखिएकोले १५ दिन भित्र दाखिला गर्न सूचित गरिन्छ,”।

कर नतिर्नेमा देवचुली तिनकन्या सर्भिस कम्पनी प्रालि, बज्र एण्ड वेल प्रालि, बेष्ट पोलिमर्स प्रालि, नवलपुर क्रसर उद्योग प्रालि रहेका छन् ।

यस्तै बि.पि.एस होल्डिङ्गस, दाजु भाई सप्लायर्स, बजरंग स्टोर्स, मध्यबिन्दु ट्रेडिङ्ग, महालक्ष्मी गिट्टी क्रसिङ्ग स्कीन प्लान्ट उद्योग , दाजु भाई कन्स्ट्रक्सन एण्ड सप्लायर्स, प्रिस कन्सट्रक्सन एण्ड सप्लायर्स।, शिवशम्भु स्क्रेप ट्रेडर्स, भण्डारी इन्टरप्राइजेज, सबिना पोल्टी फर्मले पनि कर नबुझाएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी, मध्य विन्दु इटा उद्योग, क्वालिटी ह्यूम पाइप उद्योग , अमृत सप्लायर्स, ए. बी. सी इन्टरप्राइजेज, बाबा म्याच इण्डष्ट्रिजलाइए वपन कर दाखिला गरेका छैनन् । कार्यालयले १५ दिन कर दाखिला नगरेका कानून बमोजिम कारबाही गरिने बताएको छ ।

 

NECO

Leave Your Comment

Related News