निजी क्षेत्रको मनोबल उठाउन सरकाले ‘बोल्ड’ निर्णय लिन्छ, अर्थमन्त्री बर्षमान पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले  निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले सरकारले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने निर्णय लिने बताए । उनले सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी क्षेत्रले […]

यो वर्ष मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक  हुन्छ , अर्थमन्त्री बर्षमान पुन

काठमाडौं । अर्थ मन्त्री  बर्षमान पुनले यो आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक  बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले वीरगंजमा आयोजना गरेको वीरगंजको वाणी बहसमुलक कार्यक्रमअन्तर्गत ‘अर्थमन्त्रीलाई प्रश्नैप्रश्न’ शीर्षकको सत्रमा सम्बोधन गर्दै अर्थमन्त्री पुनले मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक हुने बताएका हुन् । ‘विश्व बैंकको तथ्याङ्कले पनि साढे तीन प्रतिशतभन्दा धेरै आर्थिक वृद्धि हुने देखाएको छ’, […]

सबै जनताले स्वामित्व लिने बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन् । अर्थसचिव कृष्णहरि कर्ण, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका छन् । मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन […]

डा. प्रकाशशरण महतको कार्यकालका सकारात्मक कार्यक्रम परिबर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नगर्ने बताएका छन् ।  विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उनले सो कुरा बताएका हुन्  मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने उनको भनाई रहेको छ । उनले भने […]

आगामी आर्थिक बर्षको बजेट लेखनका लागि समिति गठन

काठमाडौं । जेठ १५ मा संसदको संयुक्त सदनमा सरकारको तर्फबाट अर्थमन्त्रीबाट पेश हुने बजेट वक्तव्य का लागि बजेट मस्यौदा लेखन समिति गठन भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट लेखन समित गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठन भएको समितिका सदस्यहरुमा सहसचिव रितेश कुमार शाक्य, […]

देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट उत्तरित गर्ने बजेट बनाउन प्रधानमन्त्री को निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन्। बुधबार दिउँसो आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्। बैठकमा प्रधानमन्त्रीले भने, “नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरि ‘स्कुल अफ […]

आन्तरिक राजश्व बिभाग र भन्सार बिभागका महानिर्देशक परिबर्तन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक सहित   मन्त्रालयका सहसचिबको सरुवा गरेका छन् । आन्तरिक राजस्व बिभागको महानिर्देशक शिवलाल तिवारी बनेका   छन् भने भन्सार बिभागको महानिर्देशक ढुण्डीराज निरौलालाई बनेका छन् । तिवारी राजस्व पृष्ठभूमिका सहसचिब हुन् उनले ठूला करदाता कार्यालयको प्रमुखको रुपमा समेत  काम गरिसकेका छन् । भन्सार बिभागको महानिर्देशक […]

धितोपत्रबोर्डको अध्यक्षको छनौट छिटो टुङ्ग्याउन अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो सक्न निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/0८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । नियामक निकायको  नेतृत्व लामो समय खालि रहनु  राम्रो नहुने र यसले कार्यप्रगतिमा सकारात्मक उर्जा प्रदान नहुने भन्दै उनले  यो प्रक्रिया छिट्टै सकाउन उनले […]