धितोपत्रबोर्डको अध्यक्षको छनौट छिटो टुङ्ग्याउन अर्थमन्त्री पुनको निर्देशन

Prabhu

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया छिटो सक्न निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०/0८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

नियामक निकायको  नेतृत्व लामो समय खालि रहनु  राम्रो नहुने र यसले कार्यप्रगतिमा सकारात्मक उर्जा प्रदान नहुने भन्दै उनले  यो प्रक्रिया छिट्टै सकाउन उनले निर्देशन दिएका हुन्  ।

सरकारले बोर्डको अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको अध्यक्षतामा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समित रहेको छ थियो ।

सिफारिस समितिले  योग्यता पुगेका, इच्छुक नागरिकबाट बोर्डको अध्यक्षको लागि  आवेदन माग गरेको थियो । बोर्डको अध्यक्षको लागि १९ जना आवेद दिएका छन् । आबेदकबाट सिफारिस समितिले पाँच जनाको संक्षिप्त सुचि बनाउने छ । संक्षिप्त सुचिबाट मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष चयन गर्नेछ ।

अर्थ सचिव कृष्ण हरी पुष्कर बिदेश भ्रमणमा रहेकाले धितोपत्र बोर्डको अध्यक्ष छान्ने प्रक्रिया अघि बढेको थिएन।

अर्थ सचिब विदेशबाट फर्किय लगत्तै अर्थमन्त्री पुनले निर्देशन दिएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार