आन्तरिक राजश्व बिभाग र भन्सार बिभागका महानिर्देशक परिबर्तन

Prabhu

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक सहित   मन्त्रालयका सहसचिबको सरुवा गरेका छन् । आन्तरिक राजस्व बिभागको महानिर्देशक शिवलाल तिवारी बनेका   छन् भने भन्सार बिभागको महानिर्देशक ढुण्डीराज निरौलालाई बनेका छन् ।

तिवारी राजस्व पृष्ठभूमिका सहसचिब हुन् उनले ठूला करदाता कार्यालयको प्रमुखको रुपमा समेत  काम गरिसकेका छन् ।

भन्सार बिभागको महानिर्देशक बनेका ढुण्डीराज निरौलाले मध्यमस्तरीय कर कार्यालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यस अघि भन्सार विभागको महानिर्देशक रहेका शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाईएको छ ।

तालिम केन्द्रमा रहेका राम प्रसाद आचार्यलाई मन्त्रालय ल्याइएको  छ। राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेबारी तोकिएको छ ।

राजस्व महाशाखामा धनिराम शर्मा आएका छन् भने उत्तर कुमार खत्रीलाई योजना, अनुगमन शाखामा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार