आगामी आर्थिक बर्षको बजेट लेखनका लागि समिति गठन

Prabhu

काठमाडौं । जेठ १५ मा संसदको संयुक्त सदनमा सरकारको तर्फबाट अर्थमन्त्रीबाट पेश हुने बजेट वक्तव्य का लागि बजेट मस्यौदा लेखन समिति गठन भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट लेखन समित गठन गरेका हुन् ।

अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठन भएको समितिका सदस्यहरुमा सहसचिव रितेश कुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १८ खर्ब रूपैयाँको बजेट सिलिङ दिएको छ ।

बजेट लेखन समितिले अन्तरमन्त्रलाय  समन्वय र छलफल गरी बजेटको मस्यौदा तयार गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार